Header Ads


चित्रकला कार्यशालाका लागि घरदैलो

हेटौंडा, २८ भदौ/यहि असोज १ गतेदेखि ५ गतेसम्म हेटौंडाको हर्नामाडीमा आयोजना हुन लागेको प्रथम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालाको तयारीलाई तीव्रता दिईएको छ । 
कार्यशालाको तयारी स्वरुप घरदैलो कार्यक्रमलाई निरन्तरता दिईरहेको र सहयोग संकलनका कार्य भईरहेको हर्नामाडी आर्ट फाउण्डेशनका अध्यक्ष हर्क रम्तेलले जानकारी दिए । मङ्गललबार बिहान आरामपुरदेखि रामधुनीसम्म र बेलुका रामधुनीदेखि ठूल्दमारसम्म गरिएको घरदैलो कार्यक्रमबाट १ लाख २५ हजार रुपैँया सहयोग संकलन भएको रम्तेलले जानकारी दिए । यसअघि काठमाण्डौबाट ४ लाख, हेटौंडाबाट ८५ हजार र भोर्लेबाट २९ हजार रुपैँया सहयोग संकलन भएको बताउँदै उनले सहयोग संकलनको क्रम जारी रहेको बताए । कार्यशालाका लागि १० देखि १५ लाख सहयोग संकलन गर्ने उद्देश्य स्वरुप हर्नामाडी, हटिया, छतिवन र हेटौंडालगायतका स्थानमा प्रचारप्रसारलाई तीव्रता दिइरहेको बताए । ‘हर्नामाडीमा हुन लागेपनि यो आम मकवानपुरबासीको साझा कार्यक्रम हो । 
हामीले यसलाई यसैगरी अघि बढाएका छौँ’, हर्नामाडी आर्ट फाउण्डेशनका अध्यक्ष रम्तेलले भने, ‘सबैको सहयोगबाट मात्र यसको सफलता सम्भव छ । सबैको सकारात्मक सहयोगको अपेक्षा राखेका छौँ ।’
Powered by Blogger.