Header Ads


बालदिवसमा शैक्षिक सामग्री सहयोग

हेटौंडा/लायन्स क्लब अफ हेटौँडा बजार ग्रीन सिटीले ५२ आँै बालदिवसको अवसरमा बुधबार हेटौँडाको एक बिद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।
हेटौंडा–११ स्थिति सुकुम्वासी बस्तीमा रहेको शंकरज्योति निमाविमा कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरिएको हो । साथै विद्यालयमा अध्ययनरत ६ जना जेहेन्दार विद्यार्थीलाई विशेष छात्रवृति प्रदान गरेको हेटौंडा बजार ग्रीन सिटीका अध्यक्ष राजदेव बानियाँले जानकारी
दिए । अध्यक्ष बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लवका सिनियर एडभाइजर राम श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । 
बालदिवसको दिनमा हेटौँडा बजार ग्रीन सिटीले सुकुम्वासी बस्तीका बिद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेर नमूनालयक काम गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिन अनुरोध गरे । कार्यक्रममा लायन्सका जोन चेयरपर्सन लोकनाथ लुइटेल, कार्यक्रम संयोजक दीपक बर्नवाललगायतको आतिथ्यता रहेको थियो ।
Powered by Blogger.