उद्योगस्तरीय भलिवलमा शिवम् शीर्षस्थानमा
हेटौंडा, २९ भदौ/हुप्रचौरमा जारी बसामाडी जेसीजको उद्योगस्तरीय भलिबल प्रतियोगितामा शिवम् सिमेन्टले आफ्नो अग्रता कायमै राखेको छ । प्रतियोगिताअन्तर्गत् बुधबार भएको खेलमा शिवम्ले एन्टार्टिक विस्कुटलाई २५–९, २५–१६ र २५–१९ को सेटमा पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । बुधबारै भएको अर्को खेलमा नेपाल इकरात इञ्जिनियरिङ प्रालिले सीएसआईलाई २५–१६, २५–२१ र २५–२० को सेटमा पराजित गर्दै फाइनलको लागि केही आशा जगाएको छ ।
हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदानमा भएको प्रतियोगिताको फाइनल असोज ३ गते सोमबार हुनेछ । मङ्गलबारबाट सुरु भएको प्रतियोगितामा जम्मा ४ वटा उद्योगको सहभागिता रहेको छ ।

