Header Ads


ट्राफिक प्रहरीको ‘दादागिरी’


हेटौंडा, ३० भदौ/मेनरोडको सीमाचोकदेखि ट्राफिकचोकसम्मको पश्चिमी किनारामा बिहीबार अचम्मको दृश्य देखियो । सदाझै पार्किङ गरेर आफ्नो काममा लागेका सर्वसाधारण तथा व्यवसायीका मोटरसाइकलको हेलमेट धमाधम झिकियो साथै पाङ्ग्राको हावा पनि रित्याइयो । नियमित मोटरसाइकल पार्किङ गरि“दै आएको ठाउ“मा आकस्मिक यस्तो हर्कत गर्ने कोही नभएर ट्राफिक प्रहरी थिए ।
बिनाजानकारी ट्राफिक प्रहरीले हेलमेट लैजाने र मोटरसाइकलको हावा झिक्ने गरेपछि सर्वसाधारण तथा व्यवसायीले अवरोधको प्रयास गरेका थिए । नियमित रुपमा पार्किङ गरि“दै आएको क्षेत्रमा एकाएक प्रहरीले ‘दादागिरी’ प्रदर्शन गरेपछि सर्वसाधारणले विरोध गरे । विरोध गर्ने सर्वसाधारणमाथि नेपाल प्रहरी लगाएर लाठी बर्साइयो । साथै एक जनालाई पक्राउसमेत गरेको छ । फुटपाथमा पार्किङ गर्न नपाउने भन्दै ट्राफिक प्रहरीले हेलमेट लिएर रु पा“चसयको जरिवाना काटेको छ । मुख्य सडकमा अवरोध नहुने गरी नियमित पार्किङ 
गरि“दै आएको ठाउ“मा निषेध गरेपछि व्यवसायी आक्रोशित भएका छन् । बटुवा र सडकका सवारीलाई अवरोध नहुने गरी किनारामा पार्किङ गर्न पाउनुपर्ने उनीहरुको माग छ । 
नियमित पार्किङ गरि“दै आएको स्कुलरोड र राप्तीरोडमा भने ट्राफिक प्रहरीले अवरोध गरेको छैन । सीमाचोकदेखि ट्राफिकचोकसम्मको फराकिलो फुटपाथमा सशुल्क पार्किङ लगाउन यस्तो हर्कत गरेको व्यवसायीको अनुमान छ । मकवानपुरका ट्राफिक प्रमुख कृष्णबहादुर थापाले भने आफूहरुले  नियम कानूनको कार्यान्वयन गराउने क्रमममा तनाव उत्पन्न भएको बताए । फुटपाथ तथा मुख्य सडकमा पार्किङ गर्न पाउने व्यवस्था नभएको भन्दै थापाले त्यसलाई कार्यान्वयन गर्ने क्रममा आफूमाथि हातपात भएपछि बल प्रयोगसमेत गर्नुपरेको बताए । 
केहीदिनअघिदेखि नै सर्वसाधारणलाई फुटपाथमा पार्किङ नगर्न सुचित गरे पनि अटेर गरेपछि हेलमेट समातेर जरिवाना लगाउनुपर्ने अवस्था आएको उनको भनाइ थियो । ‘पार्किङ व्यवस्थित गर्न नगरपालिका र उद्योग वाणिज्य संघले चासो दिनुपर्ने हो, हामीले त नियमको पालना गराउने मात्र हो,’ थापाले भने–‘हाल स्कुलरोड र राप्तीरोडमा भइरहेको पार्किङ पनि नियमसम्वत छैनन् ।’ 
ट्राफिक प्रहरीले बिहीबार मात्र ४ सय वटा मोटरसाइकलको हेलमेट जफत गरेको जनाएको छ । 
Powered by Blogger.