Header Ads


नाईट्राजेपाम सहित ४ जना मोबाईल चोर पक्राउ

हेटौंडा, १९ भदौ/मकवानपुर प्रहरीले अवैध लागूऔषध नाइट्राजेपाम र चोरीको मोबाइलसहित ४ जनालाई पक्राउ गरेको छ । 
शनिबार राति हेटौँडा–४ स्कूलरोडमा रहेको शिव बाबा मोबाईल पसलमा चोरी भएको खबर पाएसंगै वडा प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले स्कूलरोडबाट एउटा हुवाई कम्पनीको वाई ५२ मोबाइलसहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौँडा–४ का १८ बर्षीय दिपेश थिङ, हेटौँडा–५ का १७ बर्षका अनिस श्रेष्ठ, १६ बर्षका विवेक तामाङ र १७ बर्षकै अमृत रुपाखेती 
रहेका छन् । उनीहरुलाई खानतलासी गर्ने क्रममा चोरी भएको मोबाइल र लागूऔषध नाईट्राजेपाम ३ सय ४५ थान फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । 
चारैजनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाएको प्रहरीको भनाई
छ । 
Powered by Blogger.