कात्तिक २ बाट रोटरीको एट ए साइड फुटबल
हेटौंडा, १९ भदौ/रोटरी क्लब अफ मकवानपुरले गत बर्षबाट सुरु गरेको ४० बर्ष उमेर समूह माथिको राष्ट्रिय रोटरी कप एट ए साइड फुटबल प्रतियोगिताको यस बर्षको संस्करण कात्तिक २ गतेबाट सुरु हुने भएको
छ ।
छ ।
कात्तिक २ गतेबाट ६ गतेसम्म हेटौंडामा दोस्रो राष्ट्रिय रोटरी कप एट ए साइड फुटबल प्रतियोगिता आइतबार हेटौँडामा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । हेटौंडा–४ मा रहेको भूटनदेवी उच्च माविको खेल मैदानमा हुने प्रतियोगिताको तयारी सुरु गरिसकेको आयोजक अध्यक्ष ज्योतिरत्न बज्राचार्यको भनाई छ । स्वास्थ्य, शिक्षा र खानेपानीको क्षेत्रमा काम गर्दै आएको रोटरीले गतवर्षदेखि एट ए साइड फुटबल प्रतियोगिता आयोजना सुरु गरेको हो । क्लब अध्यक्ष बज्राचार्यका अनुसार प्रतियोगितामा देशभरका चर्चित १६ वटा टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा पोखरा, धरान, काठमाडौं, चन्द्रनिगाहापुर, सीमरा, कैलाली, आयोजक र स्थानीय टोलीले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
‘सबै टोलीबाट पुराना राष्ट्रिय टोलीमा आबद्ध भइसकेका खेलाडीहरु सहभागी हुनेछन्’, बज्राचार्यले भने,
‘पुराना राष्ट्रिय टोलीका सदस्यहरुबीचको खेल भएकाले पनि यो प्रतियोगितालाई विशेष अनि आकर्षणको रुपमा हेर्ने गरेको पाएका छौँ ।’ उनका अनुसार प्रतियोगिता नकाउट आधारमा सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद ४० हजार रुपियाँ र उपविजेताले नगद २० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापतिले जानकारी दिए । प्रजापतिका अनुसार विजेता र उपविजेतालाई नगद पुरस्कारको प्रायोजन हेटौंडा स्कुल अफ म्यानेजमेन्टले गर्ने भएको छ । प्रत्येक खेलमा म्यान अफ दी म्याच, उत्कृष्ट खेलाडी, म्यान अफ दी सिरिज, उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई समेत पुरस्कारको व्यवस्था रहेको क्लब सचिव कविन सांगामीको भनाई छ । ‘हामी राम्रो टोलीलाई यस प्रतियोगितामा सहभागी गराएर देशभर हाम्रो प्रतियोगिताले दिन खोजेको सन्देश स्वास्थ्यका लागि खेलकुदलाई पु¥याउन चाहान्छौं’, सचिव सांगामीले भने ।
कार्यक्रम संयोजक शरद् कर्माचार्यका अनुसार प्रतियोगिता आन्तरिक तयारी सुरु भइसकेको छ । प्रतियोगिताको लागि पुरस्कारको व्यवस्था हेटौँडा स्कूल अफ म्यानेजमेण्टले गर्ने भएको छ । जिल्ला खेलकुद विकास समिति र जिल्ला फुटबल संघ मकवानपुर विशेष सहयोगी संस्था रहेको कर्माचार्यले बताए । उनले उद्घाटनको दिन आयोजक रोटरी क्लव अफ मकवानपुर र रोट¥याक्ट क्लब अफ मकवानपुरको बीचमा मैत्रीपूर्ण खेल समेत हुने जानकारी दिए ।
