नारायणी मलको दशै तिहार अफर
हेटौंडा/गत वर्षझै यस वर्ष पनि नारायणी मलले दशै तिहार उपहार धमाका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गरी नारायणी मलका कैलाश ढकालले असोज ४ गतेबाट मंसिरको अन्तिम सातासम्म कार्यक्रम सञ्चालन हुने जानकारी दिए । नारायणी मलमा रहेको कुनै पनि पसलमा एक हजार रुपियाँ भन्दा माथिको सपिङ गर्नेले उपहार कुपन पाउने बताउँदै ढकालले भने–‘नारायणी मलले सपिङ फरर स्कुटी सरर अफर दशै तिहारको शुभकामना सहित उपहार योजना रहेको छ ।’ उक्त योजनामा प्रथम हुने एकजनालाई महिन्द्रा गुस्टो स्कुटी, द्वितीय हुनेलाई २० हजारको सपिङ भौचर, तृतीय हुनेलाई १० हजारको सपिङ भौचर र सान्त्वना हुने ५ जनालाई जनही ५ हजारको सपिङ भौचर प्रदान गरिने बताइएको छ । मंसिरको अन्तिम साता चिठा खोलिने ढकालले जानकारी दिए ।

