Header Ads


संविधान दिवसमा युवा संघको सरसफाई

हेटौँडा ३, असोज/पहिलो संविधान दिवसको अवसरमा युवा संघ नेपाल हेटौँडा १० नम्वर वडा कमिटीले हेटौँडा अस्पताल परिसर सरसफाई गरिएको छ । 
सामजिक अभियान अन्र्तगत जनताको सबैभन्दा सरोकार हुने अति संवेदनशील हेटौँडा अस्पताल क्षेत्रमा सरसफाई गरिएको प्रमुख अतिथी एवम् युवा संघका जिल्ला सदस्य सानु लामाले बताए । 
युवाहरु समाजका क्रियाशिल वर्ग रहेको भन्दै उनले युवाहरुलेनै समाज परिवर्तनको बाहक बन्नुपर्नेमा जोड दिए । कार्यक्रममा युवा संघ १० नम्वर वडा अध्यक्ष श्याम लामा, उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, सचिव दिपक लामा कोषाध्यक्ष श्याम लो लगाएतका सहभागिता रहेको थियो ।
Powered by Blogger.