Header Ads


फोरमद्वारा कालो झण्डा प्रदर्शन

हेटौंडा, ३ असोज/संविधान जारी भएको दिनलाई कालो दिनको रुपमा ब्याख्या गर्दै संघीय समाजवादी फोरम नेपालले हेटौंडाको विभिन्न स्थानमा कालो झण्डा गाड्दै प्रदर्शन गरेको छ । 
सोमबार दिउँसो हेटौंडाको बिभिन्न स्थानमा कालो झण्डा गाड्नुका संविधानको बिरुद्धमा नाराबाजी गर्दै प्रदर्शन गरेको हो । संघीय समाजवादी फोरम मकवानपुरका अध्यक्ष तथा गठबन्धन मकवानपुर संयोजक शुभरत्न गोलेको नेतृत्वमा ¥यालीसहित कालो झण्डा प्रदर्शन भएको हो ।  गठबन्धनका नेता तथा कार्यकर्ताहरुले असोज ३, कालो दिन भन्दै नाराबाजी गरेका थिए । हेटौंडाको सुमार्गी कम्ल्पेक्सबाट सुरु भएको ¥यालीले कालो झण्डा प्रदर्शन गर्दै मकवानपुर उद्योग वाणिज्य संघ पुगेर कोणसभामा परिणत भएको थियो । 
कार्यक्रममा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य विद्युत बज्राचार्य, जिल्ला अध्यक्ष गोले, उपाध्यक्ष सूर्यबहादुर श्रेष्ठ राष्टिय जनमुक्ती पार्टीका केन्द्रीय उपाध्यक्ष सोबिन थिङलगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
Powered by Blogger.