सुपथ मूल्य पसल सञ्चालनमा
हेटौंडा, ३ असोज/साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड हेटौंडा शाखाले चाँडपर्वलाई लक्षित गरी सुपथ मूल्यको पसल हेटौँडाको खोपेगल्लीमा सञ्चालनमा ल्याएको छ ।
नेपाल सरकारको नीति अनुरुप वडा दशैँ, शुभदीपावली र छठ पर्वलाई लक्षित गरी असोज १ गतेदेखि कार्तिक २१ गतेसम्मका लागि सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको साल्ट ट्रेडिङ कर्पोरेशन हेटौंडा कार्यालय प्रमुख सैलेशकुमार पाण्डेले जानकारी दिए ।
मकवानपुरका उपभोक्तालाई सरल र सहज हुने गरी चिनी प्रति व्यक्ति ६ केजी र नुन प्रति व्यक्ति ३ केजी मात्र प्रदान गरिने उनले जानकारी दिए । चिनी र नुन क्रमश ः प्रति केजी ७९ र १६ रुपैयाँका दरले बिक्री हुने जानकारी दिइएको छ । कार्यालयले सुपथ मूल्य सञ्चालन गर्दा उपभोक्ताहरु बढी लाभान्वित हुने गरेको उनको भनाइ रहेको छ ।

