‘आर्थिक विकासमा ध्यान दिनुप¥यो’
हेटौंडा, ३ असोज/डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता खिमलाल देवकोटाले नेपाली समाजमा अब आर्थिक क्रान्तिको आवश्यकता रहेको बताएका छन् ।
नेपाल प्रेस सोसाइटी मकवानपुरको सोमबार भएको पहिलो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले यहाँका राजनीतिक दलले अब राजनीतिक एजेण्डा नभएर आर्थिक एजेण्डामा विशेष जोड दिनुपर्ने बताएका हुन् । अब समाज आर्थिक अभियानमा जोडिन चाहेको र त्यस एजेण्डाको नेतृत्व नयाँ शक्ति पार्टी नेपालले मात्र गर्न सक्ने भन्दै अब आर्थिक विकास नै मुलुक निर्काणको मुल आधार भएको उल्लेख गरे । करिब ७० वर्षदेखि
राजनीतिक अधिकार प्राप्तिका लागि आन्दोलन भएको तर आर्थिक समृद्धिका लागि नभएको भन्दै उनले अहिले देशको अर्थतन्त्र ऋणत्मक अवस्थामा पुग्न थालिसकेकोमा चिन्ता गरे । यस्तो अवस्थामा राजनीतिक भन्दा पनि आर्थिक समृद्धि गर्नेतर्फ सबै केन्द्रित हुनुपर्ने नेता देवकोटाको भनाई छ ।
मधेसलगायतको क्षेत्रको मागलाई समेत संम्बोधन हुने गरी संविधान संशोधन गर्दै संविधानको सफल कार्यन्वयनको लागि दलहरु एक हुनुपर्ने उनको तर्क थियो । २०७४ साल माघ भित्र संविधानमा ब्यवस्था भएअनुरुप तीनवटा निर्वाचन नभए नेपालमा संवैधानिक जटिलता आउने र नेपालको संविधान नै धरापमा पर्ने बताए । प्रेस सोसाईटीका मकवानपुर संयोजक मनोज ढोडारीको अध्यक्षतामा भएको भेलामा नयाँ शक्तिका केन्द्रीय सदस्य सविना अर्याल, पत्रकार महासंघ मकवानपुरका सचिव कृष्ण सारु मगर, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष रुपेश दुलाल, प्रेस चौतारीका केन्द्रीय सदस्य राजन दाहाल, प्रेस सेन्टर मकवानपुर अध्यक्ष नानीमैया बिष्ट, स्वतन्त्र पत्रकार संघ मकवानपुर अध्यक्ष सुरेश श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रेस सोसाइटीमा ढोडारीको नेतृत्व
हेटौंडा, ३ असोज/प्रेस सोसाइटी मकवानपुरको संयोजकमा मनोज ढोडारी चयन भएका छन् । सोमबार भएको संगठनको पहिलो जिल्ला सम्मेलनले ढोडरीको नेतृत्वमा १९ सदस्यीय जिल्ला परिषद् सर्वसम्मत चयन गरेको छ ।
परिषद्को सहसंयोजकमा केशव समर्पण र गोविन्द न्यौपाने तथा सदस्यमा बलराम पुडासैनी, सुशीला राई, केदार ढकाल, विन्दबासिनी कंसाकार, नवराज वाइवा, सीएम रिमाल, अनन्त ढकाल, सलिना ढुंगेल, मनिता राना, विराज गौतम, सशांक तामाङ, सन्देश थिङ, विश्वराज गौतम, धनकुमार लामालगायत रहेका छन् । परिषद्को सल्लाहकारमा अजिव भट्टराई, सुवास तिवारी, सपना कँडेल र शंकर खतिवडा रहेका छन् । त्यस्तै प्रादेशिक परिषद्को प्रतिनिधिमा सपना कँडेल, केदार ढकाल, केशव समर्पण र गोविन्द न्यौपानेलाई चयन गरिएको छ ।

