सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर
हेटौंडा, १० असोज/पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी–७ ज्यामिरेमा भएको सवारी दुर्घटनामा परेर एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । सोमबार दिउँसो करिब पौने १ बजेको समयमा ना ५ ख १८१६ नम्बरको बसले रिक्सालाई ठक्कर दिंदा मनहरी ज्यामिरे निवासी करिब ५५ बर्षका काशिराम केसीको घटनास्थलमा नै मृत्यु भएको हो भने करिब ५० बर्षका कृष्णबहादुर ढुङ्गाना गम्भिर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार घाइते रिक्सा चालक हुन् भने मृतक रिक्सामा सवार रहेका
थिए । बसको ठक्करबाट उछिट्टिएका केसीको ना ५ ख ७८०३ नम्बरको ट्रकले किच्दा मृत्यु भएको बताइएको प्रहरीको भनाइ छ । तर ट्रकका चालकले भने बसको ठक्करबाटै केसीको मृत्यु भएको बताएका छन् । घाइते ढुङ्गानाको भतरपुर अस्पतालमा उपचार भइरहेको छ भने ट्रक र बसका चालक जिल्ला प्रहरी कार्यालय मकवानपुरका नियन्त्रणमा रहेको छ ।

