Header Ads


२६ जनाले गरे रोट¥याक्टको कार्यक्रममा रक्तदान

हेटौंडा, २२ भदौ/रोट¥याक्ट क्लव अफ मकवानपुरले हेटौँडा–६ चौघडामा गरेको रक्तदान कार्यक्रममा २६ जनाले 
रक्तादान गरेका छन् । 
पछिल्लो समय मकवानपुरमा रगतको अभाव भएको जानकारी आएपश्चात त्यसलाई मध्यनजर गर्दै आयोजना गरिएको रक्तदानमा २६ जनाले रक्तदान गरेका हुन् । रोट¥याक्टको मातृशाखा रोटरी क्लव अफ मकवानपुरका बर्ष २०१७÷१८ का लागि निर्वाचित अध्यक्ष पुरनबहादुर जोशीको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रमको उद्घाटनमा रोटरी क्लव अफ मकवानपुरका सदस्य एवम् बरिष्ठ पत्रकार प्रताप बिष्ट, चौघडा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, रिपोर्टर्स क्लव अफ मकवानपुरका अध्यक्ष सविन न्यौपाने, रोट¥याक्ट क्लव अफ मकवानपुरका उपाध्यक्ष मनिषमान श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि जोशीले रोट¥याक्टलाई सामाजिक कार्यमा क्रियाशील रहन अनुरोध गर्दै आफ्नो तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाए । 
कार्यक्रम रोट¥याक्ट क्लव अफ मकवानपुरका अध्यक्ष गणेशदर्पण अधिकारीको अध्यक्षतामा भएको हो । हेटौँडाको बुद्धचोक केन्द्रित रक्तदानमा अन्य स्थानमा पनि लैजानु आवश्यक रहेको औँल्याउँदै उनले रोट¥याक्ट यस्तै सामाजिक कार्यमा क्रियाशील रहने बताए । व्लड बैंक हेटौँडामा रगतको अभाव भएपछि 
रोट¥याक्ट क्लबले कार्यक्रम गरेको कार्यक्रम संयोजक पुष्पराज अधिकारीले जानकारी दिए ।
Powered by Blogger.