Header Ads


२३ जनाले गरे रक्तदान

हेटौंडा, २० भदौ/सेवा मैत्री र जवाफदेही प्रशासन, संघीयतामा सुशासन भन्ने नाराका साथ मनाउन सुरु गरिएको निजामति सेवा दिवस–२०७३ को अवसरमा रक्तदान कार्यक्रम भएको छ ।
हेटौँडाको बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । निजामति कर्मचारीहरुको
आधिकारिक टे«ड युनियन जिल्ला समिति मकवानपुरका अध्यक्ष विष्णु अर्यालको अध्यक्षता तथा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरि पन्तको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
युनियनको आयोजनामा भदौ आज मङ्गलबार दिउँसो सिडियो/सिबिएबीच सेभेन ए साइड मैत्रीपूर्ण फूटबल प्रतियोगिता रहेको युनियनका जिल्ला उपाध्यक्ष राजकुमार अर्यालले जानकारी दिए ।
यसैगरी भदौ २१ गते जिल्ला स्थित सबै सरकारी कार्यालयमा सरसफाई, २२ गते प्रभातफेरी, महिला म्युजिकल चेयर प्रतियोगिताका साथै राजनीति र प्रशासनबीचको अन्तरसम्बन्धको बारेमा अन्तरक्रिया कार्यक्रम रहेको उनको भनाई छ । 
Powered by Blogger.