आयोजक हटिया स्पोटर्स एकेडेमी फाइनलमा
हेटौंडा, ७ असोज/हेटौंडाको हटियास्थित नेपालचौरमा जारी स्व. केशवलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिवल प्रतियोगिताको फाइनलमा आयोजक हटिया स्पोर्टस् एकेडेमी प्रवेश गरेको छ ।
शुक्रबार फाइनल प्रवेशको लागि केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानसंग भएको भिडन्तमा २५ ः १५, २५ ः २०, २३ ः २५, २५ ः १८ को जित निकाल्दै आयोजकले फाइनलमा स्थान बनाएको हो । फाइनल प्रवेशको लागि थाहा खेलकुद विकास समिति र बज्रबाराही युवा क्लवबीच भएको खेल भने अँध्यारोका कारण स्थगीत भएको छ । यी दुई क्लवबीचको खेल आज शनिबार बिहान हुने आयोजक हटिया स्पोर्टस् एकेडेमीका अध्यक्ष छबि सुवेदीले जानकारी दिए । थाहा नगर खेलकुद विकास समिति र बज्रबाराही युवा क्लवको विजेताले फाइनलमा आजै आयोजक एकेडेमीसंग प्रतिष्पर्धा गर्नेछ । प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमश ः नगद ६० हजार र ३० हजार रुपैंयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा जिल्लाका १२ क्लवको सहभागिता रहेको थियो ।

