सनसाइन र खरङ्गा क्वाटर फाइनलमा
हेटौंडा, १७ असोज/मकवानपुरको हाँडीखोला–८ बसन्तपुरमा सञ्चालन भैरहेको अन्तर क्लव स्तरीय नकाउट फुटबल प्रतियोगितामा हाँडीखोला–६ लामिटारको सनसाइन युवा क्लव ‘ए’ र एफसी खरङ्गा क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सनसाइनले भैंसेको पान्द्राङ युवा क्लवलाई हराएको हो भने खरङ्गाले राजदेवी युवा क्लव बसामाडीलाई
हराएको हो । सोमबार भएको पहिलो खेलमा सनसाइनले पान्द्राङलाई ३–० गोल अन्तरले हराएको हो । सनसाइनको तर्फबाट ज्ञानबहादुर राई, सुमन राई र जीवन राईले समान एक÷एक गोल गरेका हुन् ।
यस्तै दोस्रो खेलमा खरङ्गाले बसामाडीलाई ४–० गोल अन्तरले हराएको हो । खरङ्गाको तर्फबाट सुनिल मल्लले ह्याट्रिक गरे भने सुरेश श्रेष्ठले एक गोल गरेका हुन् । भोली मङ्गलबार सनसाइन युवा क्लव ‘ए’ र एफसी खरङ्गाको बीचमा खेल हुनेछ ।

