Header Ads


शुभकामना दौडमा सेनाका थापा च्याम्पियन

हेटौंडा, १७ असोज/मकवानपुर जिल्ला एथ्लेटिक्स संघले गरेको पाँच किलोमिटरको शुभकामना दौडमा नेपाली सेनाको नयाँ सबुज गणका लालबहादुर थापा च्याम्पियन भएका छन् । 
निर्धारित दुरी १५ मिनेट १७ सकेण्डमा पूरा गर्दै पौडेलले उपाधि जितेका हुन् । उपाधिसहित उनले  पाँचहजार रुपियाँ प्राप्त गरे । दंगा नियन्त्रण गण थानाभ¥याङका नवराज खड्का दोस्रो तथा रुद्रप्रसाद ओली तेस्रो भए । 
त्यसैगरी भद्रबहादुर क्षेत्री सान्त्वना घोषित भए । उनीहरुले क्रमशः तीनहजार, दुईहजार तथा एकहजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । मकवानपुर जिल्ला एथ्लेटिक्स संघ जिल्ला अध्यक्ष प्रभाकर पाण्डेको सभाध्यक्षतामा भएको शुभकामना दौडमा मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको शुभकामना दौडमा शिक्षासेवी तथा हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरणबहादुर जोशी, बिटुमिन ब्यारेल उद्योगका सञ्चालक अशोक श्रेष्ठ तथा खेलकुद विकास समिति सचिव तथा कार्यालय प्रमुख खुशराज दाहाललगायतको आतिथ्यता 
रहेको थियो । शुभकामना दौडलाई हुवावे मोबाइलले प्रायोजन गरेको हो ।
Powered by Blogger.