Header Ads


अनिषको ‘मनको आँखा’ विमोचन

हेटौंडा, १७ असोज/साहित्यकार अनिष न्यौपाने ‘भावना’ को दोस्रो पुस्तक ‘मनको आँखा’ मुक्तक संग्रह बजारमा आएको छ । 
सोमाबर दिउँसो साहित्य संगम मकवानपुरको आयोजनामा भएको कार्यक्रममा डा। घनश्याम न्यौपाने, साहित्य संगम मकवानपुर अध्यक्ष सुवास खनाल र साहित्यकार न्यौपानेले मुक्तक संग्रह विमोचन गरेका हुन् । कार्यक्रममा प्रमुख आितथि न्यौपाने, संगम मकवानपुर अध्यक्ष खनाल, साहित्यकार तुलसी थापा, झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतम, मुक्तककार हरिकृष्ण काफ्ले, साहित्यकारहरु पुरुषोत्तम आचार्य, रमेशमोहन अधिकारी, न्यौपानेको आमा शान्ता न्यौपानेलगायतले अनिष र उनको कृतिको बिषयमा चर्चा गरेका थिए । यसअघि ‘पढेपछी थाहा पाउँछौ’ भन्ने गजल संग्रह प्रकाशन गरेर साहित्यिक फाँटमा अघि बढेका न्यौपानेको मुक्तक संग्रहमा एक सय २५ ओटा मुक्तक रहेको र पुस्तकमा समेटिएका मुक्तकहरु राष्ट्रियता झल्कने, अध्ययन गर्दा सन्तुष्टि मिल्ने र साधारण मानिसले बाहिरी आँखाबाट नदेखेको 
कुराहरु अनिषको मनको आँखाले देखेको भन्दै कार्यक्रमका वक्ताहरुले प्रशंसा 
गरेका थिए । सबैको साथ सहयोगले यहाँसम्म आइपुगेको र भोलीको दिनमा पनि सबैकोे सहयोग पाएमा साहित्यिक क्षेत्रमा अझै अघि बढ्न प्रेरणा मिल्ने मुक्तककार न्यौपानेको भनाई छ ।
Powered by Blogger.