Header Ads


प्रहरी दिवस मनाइयो

हेटौंडा, २० असोज/मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीले विभिन्न चुनौतिको आंकलन गर्दै जनताको सेवामा लाग्न नेपाल प्रहरीलाई अनुरोध गरेका छन् । 
६१ औं प्रहरी दिवसको अवसरमा मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय हेटौंडा थानाभ¥याङले आयोजना गरेको विशेष कार्यक्रममा उनले प्रहरीमा रहेको व्यावसायिक दक्षता र क्षमताले जस्तासुकै चुनौति पनि सामान्य हुने उनको भनाई थियो । यस्तै मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख (प्रहरी नायब महानिरीक्षक) पशुपति उपाध्यायले निस्वार्थ प्रहरी सेवाको मुल्याङ्कन नागरिक समाजबाट भए मात्र बीर अमर प्रहरीप्रति सच्चा सम्मान हुने धारणा राखे । 
नेपाल प्रहरीले अपराध नियन्त्रणमा शून्य सहनशीलता कायम गरेको जानकारी गराउँदै उनले अपराध र 
अपराधीसंग कुनै सम्झौता नहुने बताए । कार्यक्रममा प्रहरी महानिरक्षक उपेन्द्रकान्त अर्यालले पठाएको शुभकामना सन्देश प्रहरी उपरीक्षक राजेन्द्र ढकालले वाचन गरेर सुनाएका थिए । यस्तै कार्यक्रममा उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको थियो भने प्रहरी दिवसको सन्दर्भमा सञ्चालन भएको विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । 
कार्यक्रममा न्यायाधीश नागेन्द्रलाल कर्ण, मध्य पृतना हेडक्वाटर सुपारेटारका महासेनानी सुनिल श्रेष्ठ, सशस्त्र प्रहरीका नायब महानिरीक्षक बाबुराम पाण्डे लगायतको आतिथ्यता रहेको थियो । 
Powered by Blogger.