Header Ads


सकियो क्यान इन्फोटेक मेला

हेटौंडा, २० असोज/कम्प्यूटर एसोसिएसन नेपाल महासंघ मकवानपुरको आयोजनामा हेटौंडामा सञ्चालन भएको क्यान इन्फोटेक मेला–२०७३ सकिएको छ ।
आम मकवानपुरबासीमा नयाँ नयाँ सूचना प्रविधीको बिषयमा जानकारी दिने उद्देश्यका साथ दशैं, तिहार, छठलगायतका पर्वको पूर्व सन्ध्यामा आयोजित इन्फोटेक मेला बिहीबारबाट सकिएको हो । मेला सोचेजति राम्रो नभएपनि सफल भएको आयोजक महासंघका जिल्ला सचिव पुष्पराज पुडासैनीले बताए ।
‘झरीलगायतका कारणले मेला सोचेजति राम्रो नभएकै हो’, उनले भने, ‘तर मेला सफल भएको छ । हामीले मेलाबाट धेरै पाठ सिकेका छौं, यसले आगामी बर्षहरुमा गर्ने मेलालाई केही कुरा सिकाएको छ ।’
मेलामा सञ्चालन भएको एमएसआई फिफा–२०१६ गेममा बिक्की राना प्रथम भएका छन् । यस्तै शेखर कोइराला, अविशेक गुरुङ र बिक्रम बानियाँ क्रमश : द्वितीय, तृतीय र चौथो भए । उनीहरुले क्रमश: नगद १५ हजार, १० हजार र ५/५ हजार रुपैंयासहित प्रमाणपत्र र मायाको चिनो पाएका छन् । चौथो भएका बानियाँले प्रतियोगितामा १७ गोल गरी  सबै भन्दा बढी गोल गर्ने खेलाडिको रुपमा समेत पुरस्कृत भए । मेलामा कम्प्यूटर इन्स्टिच्युट, कम्प्यूटर हार्डवेयर, कम्प्यूटर कन्सल्टेन्सी, सोलार सामग्री, विभिन्न कलेजहरुको प्रदर्शनी लगायतका गरी ७० वटा स्टलहरु रहेको थियो । मेलाको मुख्य आकर्षणको रुपमा रोबोट र एस्ट्रोनोमी राखिएको थियो । 
Powered by Blogger.