डा.केसीको माग बारे सर्वसाधारणलाई जानकारी दिँदै
हेटौंडा, २० असोज/नेपालको स्वास्थ्य क्षेत्रमा विकृति रहेको भन्दै त्यसको सुधारको माग राख्दै पटक पटक आमरण अनसन बस्दै आएका डा। गोविन्द केसीले सुरु गरेको नवौं चरणको आमरण अनसनलाई पछिल्लो समय फेरि विभिन्न संघसंस्थताहरुले समर्थन गर्दै ऐक्यबद्धता जनाइरहेका छन् ।
केही दिन अघि देखि डा। केसीको मागलाई ऐक्यबद्धता जनाउँदै मकवानपुरमा विभिन्न कार्यक्रम गर्दै आएको विवेकशील नेपाली दल मकवानपुरले सातौं दिन केसीको समर्थनमा सडक सन्देश र अन्तरक्रिया कार्यक्रम गरेको छ । ‘गत शुक्रबारदेखी हामीले डा। केसीले ३ करोड नेपाली जनताका लागि लडिरहनुभएको लडाईमा ऐक्यबद्धता जनाउँदै आएका छौं’, कार्यक्रम संयोजक अनुराग अधिकारीले भने, ‘बिहीबार गरेको अन्तरक्रियामा हामीले डा। केसीका माग र अनसनको औचित्य वारे सर्वसाधारणलाई प्रस्ट पार्ने कोसिस गरेका छौँ ।’ डा। केसीको यस अघिका अनसनमा समेत साथ दिँदै आएको विवेकशील नेपालीले यस पटकको दशैंमा लुटतन्त्रको बली दिदै लोकतन्त्रलाई सुदृढ बनाउने नारा सहित सडकमा उत्रिएको हो ।
निधारमा पागल लेखिएको रिबन बाँधेर हातमा आमरण अनशन बस्नुको कारण स्पष्ट गर्ने ब्यानर बोकेका सहभागीहरुले सर्वसाधारणको ध्यान आकृष्ट गरि अनशनको बारेमा जनचेतना जगाएका थिए ।

