नयाँ शक्तिको शुभकामना आदानप्रदान
हेटौंडा, २० असोज/डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी मकवानपुरले बडादशैं, तिहार, छठलगायतका पर्वको सन्दर्भमा बिहिबार हेटौँडामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा नयाँ शक्ति नेपाल केन्द्रीय कार्यकारी परिषद् सदस्य सविना अर्याल, जिल्ला संयोजक प्रल्हाद लामिछाने, नेपाली काँग्रेस मकवानपुरका सभापति एवम् सांसद इन्द्रबहादुर बानियाँ, नेकपा एमालेका केन्द्रीय सदस्य विरोध खतिवडा, नेकपा माओवादी केन्द्र मकवानपुर ईन्चार्ज कुमारी मोक्तानलगायतले नेपालीहरुको नजिकिँदै गरेको चाडपर्वलाई सभ्य रुपमा मनाउनको निम्ति आग्रह गरे । चाडपर्वको नाममा विभिन्न विकृति कायमै रहेको भन्दै कार्यक्रमका वक्ताहरुले यसतर्फ ध्यान दिँदै संस्कृतिको जगेर्ना गर्दै चाड मनाउन सुझाव
दिए । सबै राजनीतिक दलको सहकार्यमा संविधान जारी भएजस्तै यसलाई कार्यान्वयनका लागि पनि सबैले स्थानीय तहदेखि दवाव दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधी, सरकारी एवम् गैरसरकारी कार्यालय प्रतिनिधी, उद्योगी, व्यवसायी एवम् शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।