Header Ads


सेमिफाइलनको टुंगो लाग्यो

हेटौंडा, ४ कात्तिक/ हेटौंडाको सिद्धार्थ उच्च माविको मैदानमा जारी ४० बर्षमाथि उमेर समूहको रोटरी कप एट ‘ए’ साइड फुटबल प्रतियोगिता–२०७३ को सेमिफाइनलको टुंगो लागेको छ ।
बिहीबार भएको खेलबाट ध्रुवतारा भेट्रान चितवन, बंगलादेश, आयोजक रोटरी क्लब अफ मकवानपुर र काठमाडौंको मोसिस क्लबले सेमिफाइनलको यात्रा तय गरेका हुन्् ।   बिहीबार भएको पहिलो खेलमा साविकको विजेता ध्रुवतारा भेट्रान चितवनले बीरगञ्ज युनाइटेडलाई १–० र बंगलादेशले पोखराको बगर भाइ खलकलाई ४–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा संस्करण पूरा भएको हो ।  
चितवनको जितमा एकमात्र गोल निर्णायक गोल चक्रबहादुर पुनले गरे । उनले १४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए पनि अन्ततः सोही गोल निर्णायक सावित भएको थियो । उक्त खेलमा बीरगञ्जका विनोद परियार म्यान अफ दी म्याच घोषित भएका थिए । बंगलादेशका लागि मोहम्दमरुद अहमद मिलोनले पाँचौं र सातौं मिनेटमा गोल गरेका थिए । कप्तान इम्तिहाज अहमद मिलोनले १५ औं मिनेटमा गोल गर्दै फराकिलो अग्रता दिलाएका थिए । २९ औं मिनेटमा पोखराका लागि किरण श्रेष्ठले गोल गरेर खेलमा फर्काउने संकेत गरे पनि त्यो पर्याप्त भएन । खेलको ३५ औं मिनेटमा जाकिर हुसेनले गोल गर्दै खेललाई आफ्नो पक्षमा पारे ।खेलभर अधिकांश समय बंगलादेशले बललाई आफ्नो नियन्त्रणमा राखेको थियो । बंगलादेशले प्रहार गरेको आधा दर्जनभन्दा बढि बललाई पोखराका गोलरक्षकले बचाएका थिए । जारी प्रतियोगितामा आज शुक्रबार फाइनल प्रवेशको लागि बंगलादेश र काठमाडौंको मोसिस बीच खेल हुनेछ भने दोस्रो खेल साविक विजेता ध्रुवतारा भेट्रान चितवन र आयोजक रोटरी क्लब अफ मकवानपुरको बीचमा हुनेछ । बंगलादेशसहित ११ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद ४० हजार रुपियाँ र २० हजार रुपियाँ प्राप्त गर्नेछन् । 
Powered by Blogger.