लागूऔषध रोकथाममा उपचार केन्द्रको भूमिका
![]() |
| सौजन डि.सी. |
लागूऔषधको लतमा परेका व्यक्तिलाई उपचार तथा पुनस्र्थापनाको निम्ति रिकभरि· सेन्टरको अति नै आवश्यकता पर्दछ । निन्द्रा लाग्ने बनाउनु, जिऊ नदुख्ने बनाउनु ठूलो कुरा होइन तर उसलाई फेरी आमाबावुको कुरा मान्ने बनाउनु, पढ्ने बनाउनु, जागिरमा प्रमोशन पाउने खालको जिम्मेवार बनाउनु, नचोर्ने बनाउनु, घरको सम्पत्तिको रक्षा गर्न सक्ने बनाउनु, खराब साथीलाई छोड्ने बनाउनु, परिवारका असल मान्छेहरुसँग कुरा गर्न अघि बढ्ने बनाउनु, ड्रग्स देख्दा पनि खान्न भनेर ‘नाई’ भन्न सक्ने बनाउनु, पप डिस्को आदिमा नजाने बनाउनु, हो यस्ता बानी, व्यहोरा परिवर्तन गर्न भने ज्यादै समय लाग्छ र यो काम कठिन हुने गर्दछ । यस्ता व्यवहार परिवर्तन नगरी ऊ कहिले ड्रग्सबाट बाहिर आउन पनि सक्दैन र उसको यस्तो व्यवहार बदलिएन भने ड्रग्स छोडे पनि परिवार, कार्यालय वा समाजले उसलाई स्वीकार गर्नै सक्दैन ।
अतः ड्रग्स छोड्न उस्ले फेरी पढ्न वा राम्ररी जागीर खान जरुरी छ । यदि नपढे वा जागिर नखाए ऊ आवारा हुने छ र फेरी ड्रग्स खाने छ । ड्रग्स छोड्न उसले खराव साथी छोड्नु पर्छ, नत्र खान्न भनेपनि सधैं तिनलाई भेट्दा एक न एक दिन तिनले खुवाएरै छोड्ने छन् । ड्रग्स छोड्न उस्ले चोर्न, ढाँट्न हुँदैन नत्र उस्लाई कसैले पत्याउँदैनन् र नपत्याउँदा उस्ले जागिर खान पाउँदैन र आवारा भएर फेरी ड्रग्स खाने छ । ड्रग्स छोड्न उस्ले जागिर खाएको ठाउँको अनुशासन र समयको पालना गर्नु पर्दछ । नत्र ऊ फेरी अनुशासन भएन भनेर जागिरबाट निकालिने छ र आवारा भएर जागिर नपाई फेरी ड्रग्स खाने छ । अतः सेन्टरको महत्वपूर्ण उद्देश्य भनेकै दुव्र्यसनीलाई मानसिक हानीबाट बचाउने र कुलतबाट छुटकारा दिलाई उत्पादन, निर्माण र राष्ट्रको निम्ति अघि बढ्ने हौसला प्रदान गर्ने गर्दछ । त्यसैले ड्रग्स छोड्नको निम्ति उसको आनीबानी परिवर्तन गरी सभ्य समाजमा बस्न लायक बनाउने काम ज्यादै कठिन छ र यो कामलाई नै पुनस्र्थापना भनिन्छ । ड्रग्स खाएको मानिस एक प्रकारले जंगली जीवन बिताइरहेको हुन्छ र उसलाई त्यही जीवन मन पर्छ ।
ऊ कसैको सम्मान गर्दैन, कसैको कुरा मान्दैन, कसैलाई टेर्दैन, कसैको सम्पत्ति चोर्न धक मान्दैन, बद्मासी गरे पनि पश्चाताप गर्दैन, आÇनै आमाबावुलाई तर्साउँछ, पढाई जागिर छोड्छ, श्रीमती र बच्चालाई दुःख दिन्छ, तिनको जिम्मेवारी लिँदैन, कसैले सम्झाउन खोजे त्यसैलाई दुश्मन देख्छ, खाली घरको खर्च गराई रहन्छ तर त्यो खर्च कति दुःख गरेर आएको छ भन्ने मतलब राख्दैन, घरमा नआई अन्तै सुतिदिन्छ यसरी बाहिर बस्दा घरपरिवारले चिन्ता गर्छन् भन्ने उसलाई मतलब हुँदैन, भनेको कुरा माग्दा नपाए घरकै सामान तोडफोड गर्दछ र यसरी तोडफोड गर्दा मेरै सम्पत्ति नासियो भन्ने उसलाई मतलव हुँदैन । जुन आमाबावुले उसलाई अथाह माया गर्छन् तिनलाई नै ती ड्रग्स सेवन गर्नेहरुले दुश्मन देख्दछन् । श्रीमतीहरु भए त्यो पतिलाई छोडेर आÇनो ज्यान बचाउन माईत बस्न बाध्य हुन्छन् । त्यसैले म धेरै नेपाली दाजुभाइ, जसको घरमा ड्रग्सको समस्या छ उहाँहरुलाई ड्रग्सको उपचार औषधि वा छोटो उपचारमा राखेर वा जागिर खुवाएर वा विदेश पठाएर वा विवाह
गरीदिएर सम्भव छैन भन्ने बुझाउने कोसिस गर्दछु । रोएर कराएर भने भनेको कुरा किनिदिएर पनि यो समस्या समाधान हुँदैन भनेर सम्झाउँछु । त्यसैले म सल्लाह दिन्छु ड्रग्सको उपचार गर्नु भनेको लामो समय उपचार तथा पुनस्र्थापना केन्द्रमा राख्ने बाहेक अरु विकल्प छैन ।
लामो समय राखेर विशेष रुटिन बनाई उसलाई त्यो रुटिनमा राख्दा राख्दा नयाँ चरित्रमा ढाल्नु पर्छ । उदाहरणको लागि बिहान नउठ्नेलाई उठ्ने बनाउनु पर्छ, नपढ्नेलाई पढ्ने बनाउनु पर्छ । नेपाली समुदायका परिवारले के बुझ्नु पर्छ भने यदि त्यही मानवअधिकार भनेर चुप लाग्ने हो भने र उसलाई उपचार केन्द्र नपठाउने हो भने उसको मृत्यु हुन सक्छ । दुव्र्यसनमा परेको समयमा व्यक्ति पागल झैं अवस्थामा रहने हुँदा उस्ले आÇनो रक्षा आफै गर्न सक्दैन अतः हामी ड्रग्स सेवन नगरेका व्यक्तिहरुले नै उसको हितमा सोचिदिनु पर्ने हुन्छ । उसलाई जसरी भएपनि उपचार केन्द्र पु¥याउनु पर्ने हुन्छ । त्यसैले म यो लेखद्वारा जुन घरमा ड्रग्सको समस्या छ वा त्यो घरको बच्चा पढाईमा, जागिरमा नजाने, असफल, कमजोड हुने, दुब्लाउने, बिहान अबेरसम्म नउठ्ने, राती अबेरसम्म नसुत्ने, आमाबुवालाई सम्मान नदिने, एक्लै एक्लै बस्ने, गर्न थालेको छ भने त्यस्ता व्यक्ति लागूऔषधका दुव्र्यसनी भएको अनुमान लगाउनु पर्दछ वा प्रमाणित भइसकेको भएर जागिर, पढाई, विदेश नभनी तत्कालै राम्रो उपचार तथा पुनस्र्थापनाको निम्ति विगत वर्षदेखि सञ्चालन हुँदै आइरहेको मकवानपुर रिकभरि· समूहलाई सम्झनुहनेछ भन्ने अपेक्षा लिएका छौँ । त्यस्ता व्यक्तिलाई समूहमा पठाई हाल्नु पर्दछ अन्यथा त्यो व्यक्तिको अल्पायु मै मृत्यु हुनेछ र मृत्यु नहुन्जेल उसले परिवारका सदस्यहरुलाई खुबै क्षति र दुःख दिने छ । त्यस्ता व्यक्तिलाई त्यस बखत उपचार केन्द्र पठाउन चाहे पनि ऊ ड्रग्स सेवन गरेको बेलामा प्रशस्त जाँड खाएर मातिएको अवस्थामा झैं भएको कारण उसले आÇनो लागि ठिक के हो ? र के बेठिक हो ? भनेर छुट्याउन सक्दैन । अतः ऊ आफै उपचार केन्द्र जान पनि चाहँदैन किनकी उसले त्यसबखत जसरी मनखुशी रुपमा घरभित्र जीवन बिताएको हुन्छ ऊ त्यही स्वतन्त्रतामा बाँच्न चाहन्छ । उपचार केन्द्रमा उसको स्वतन्त्रता हनन हुने कुरा उसलाई मन पर्दैन त्यसैले जान मान्दैन । त्यसैले सरकारी पक्षबाट छोटो प्रविधिको समाधान चाहिन्छ जसमा मुख्य भूमिका पब्लिक घरपरिवारको रहन्छ यदि माथिको विषयवस्तुलाई निमूल पार्नको निम्ति लागूऔषधको क्षेत्रमा निरन्तर कार्य गरीरहेको संस्था प्रति सबैको चासो रहन जरुरी छ भन्नेमा दुइमत नरहला । लागूऔषधको लतबाट छुटकारा दिलाउनको निम्ति हामीले उसको प्राण रक्षा गर्ने हो भने उपचार केन्द्र पठाउनै पर्छ भन्ने मेरो ठम्याईँ रहेको छ ।
(लेखक रिकभरि· समूहको शाखा प्रबन्धक हुन्)

