Header Ads


मकवानपुरमा पनि भिटामिन ए र जुकाको औषधि खुवाईंदै

हेटौंडा, ३ कात्तिक/देशभरका ६ महिनादेखी ५ बर्ष सम्मका बालबालिकालाई मङ्गलबारदेखी भिटामिन ए र जुकाको औषधि खुवाउने अभियान सुरु भएको छ ।
कार्तिक २ गतेदेखि ६ गतेसम्म अभियान स्वरुप यसबर्षको भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सुरु भएको हो । अभियान अन्तर्गत ६ महिनादेखि ५ बर्ष सम्मका मकवानपुरका करिब ५० हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईने जिल्ला जनस्वास्थ कार्यालय मकवानपुरले जनाएको छ । 
जिल्लामा कार्यरत चारसय ८४ जना स्वयम्सेविकाले हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र सबै गाविसका वडाहरुबाट बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइरहेको जनस्वास्थ अधिकृत भीमसागर गुरागाईंले बताए । स्वास्थ विभागले यसबर्षको कार्यक्रमलाई विशेष अभियानको रुपमा सञ्चालन गरेको छ । अघिल्ला बर्षहरुमा दुइदिन मात्र खुवाईदै आएको भएपनि विभागले यसबर्ष राष्ट्रिय भिटामिन ए कार्यक्रम तथा बाल पोषण अभियान सञ्चालन गरेको जनस्वास्थ अधिकृत गुरागाईंले जानकारी दिए । अभियान अन्तर्गत ६ महिनादेखि १ बर्षसम्मका बालबालिकालाई भिटामिन ए, १ बर्षदेखि ५ बर्ष सम्मका बालबालिकालाई भिटामिन ए संगै जुकाको औषधि पनि खुवाइने उनले बताए । यसैगरी बाल पोषण अभियान अन्तर्गत ६ महिनादेखि २३ महिना सम्मका बालबालिकालाई बालभिटा तथा गर्भवति र छ महिना भित्रका सुत्केरीलाई आइरन चक्की समेत वितरण गरिने बताइएको छ । 
Powered by Blogger.