Header Ads


मकवानपुरका ३ जनामा स्क्रब टाइफस

हेटौंडा, १२ कात्तिक/केही समय अघि चितवनमा भेटिएको स्क्रब टाइफस रोग मकवानपुरमा पनि भेटिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुरका ३ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रवक्ता शशिकान्त सिंहका अनुसार मकवानपुरको आमभञ्ज्याङ, हेटौंडा–१३ र हेटौंडा–२८ का एक÷एक जना बिरामीमा स्क्रब टाइफस भएको प्रमाणित भएको हो । उनीहरु अहिले उपचारको क्रममा नै रहेको जानकारी दिइएको छ । मुसामा हुने उपियाँबाट मानिसमा लाग्ने यो रोगको विशेष उपचारको व्यवस्था भने नरहेको जनस्वास्थ्य कार्यालयका प्रवक्ता सिंहले जानकारी दिए । स्क्रब टाइफसबाट बच्नको लागि व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव रहेको छ । 
‘अहिले धान, कोदोलगायतका सामग्री भिœयाउने बेला रहेको छ’, सिंहले भने, ‘ती मुसाहरु अब घरघरमा छिर्ने र त्यसबाटै यो रोग सर्ने भएकोले यसतर्फ सचेतता अपनाउनु आवश्यक छ ।’
Powered by Blogger.