नेपाल सम्वत् मकवानपुरमा पनि मनाइने
हेटौंडा, १२ कात्तिक/नेपाल सम्वत् ११३७ सोमबार गोवद्र्धन पूजाका दिनमा यस वर्ष पनि विविध कार्यक्रम गरी हेटौंडामा मनाइने भएको छ ।
नेपाल भाषा खलःको आयोजनामा मनाइने नेपाल सम्वतको सम्पूर्ण तयारी पूरा भएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । ‘नेपाल सम्वत् नेवारी सम्वत् होइन, नेपालीहरुको सम्वत् हो, त्यसकारणले गर्दा हामीले बाजागाजासहित हेटौंडा बजार परिक्रमा गरेर मनाउने तयारी गरिरहेका छौं’, आयोजक खलः अध्यक्ष मंगलकृष्ण मानन्धरले भने ।
मानन्धरका अनुसार उक्त दिन बिहान सात बजे हेटौंडा–१ स्थित भिन्तुनापथमा रहेको भाषा खलको कार्यालयमा जम्मा भएर माला, टीका लगाइ सगुन खाएर ¥यालीसहित हेटौंडा बजार परिक्रमा गर्ने कार्यक्रम तय भएको छ ।’ ¥यालीले बजार परिक्रमा गरेसँगै बुद्धचोक पुगे टुंगिनेछ । हामी ¥यालीपश्चात् तीनजना ज्येष्ठ नागरिकलाई सम्मान गर्नेछांै,’ उनले लोककवि गणेशलाल श्रेष्ठको स्मृतिमा हुने जिल्लास्तरीय कविता प्रतियोगिताको विजेतालाई पनि उक्त समारोहमा पुरस्कृत गरिने जानकारी दिए ।

