Header Ads


मनाइयो भाइटीका, सकियो तिहार

हेटौंडा, १७ कात्तिक/ हिन्दूहरुको दोस्रो ठूलो चाड तिहार मंगलबारबाट  सकिएको छ ।  
भाइटीकाको दिन मंगलबार आÇना दिदीबहिनीबाट दाजुभाइलाई टीका लगाएर यमपञ्चकको अन्तिम दिनको महत्वपूर्ण पर्व नेपाली हिन्दूहरुले मनाएका छन् । टिकाको शुभसाईत बिहान ११ बजेर ४५ मिनेट भएपनि दिनभरि टीका लगाउने क्रम चलेको थियो । 
दिदी बहिनीले आÇना दाजुभाइलाई टीका लगाइँदिदा धार्मिक विधिअनुसार मण्डप बनाई अष्ट चिरञ्जीवीका साथै यमराज र यमूनाको पूजा गरी त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाइँ नओलाउने मखमली, सयपत्री र दुबोको माला लगाई दिएर चिरायूको कामना गर्ने गर्दछन् । भाइटीकाकै दिन आयु सकिएका भाइलाई लिन आएका यमराज र उनका दूतलाई दिदीले भाइपूजाको तेल नसुकुन्जेल र मखमलीको माला नओइलाउन्जेल नलैजान वाचा गराएपछि भाइले दीर्घजीवन पाएको पौराणिक किंवदन्तीअनुसार मंगलबार दिदिबहिनीले दाजुभाइलाई मखमलीको माला लगाइदिने परम्परा छ  । दिदीबहिनीले आÇना दाजु भाइलाई सात रङका टीका लगाई सगुन, मिठाइ, फलफूल, ओखर, कटुस र मसलाका साथै सेलरोटी खान दिने चलन छ । दाजुभाइले पनि आÇनो गच्छेअनुसार दक्षिणा तथा उपहार दिने गर्छन् । दिदीबहिनी नभएका दाजुभाइले तुलसीको डाँठले आफैँ टीका लगाउने पनि चलन छ भने कसैकसैले धर्म दिदीबहिनी बाट पनि  टीका लगाउने गर्दछन् । यस्तै नेवार समुदायले किजा पुजाका नामले भाईटीका मनाउँछन् भने मैथिली र भोजपुरी समाजमा भरद्वितीयाका नाममा भाइटीका मनाउने गर्दछन् ।  

हेटौ“डामा छठ पूजाको तयारी सुरु
हेटौंडा/तिहार सकिए लगत्तै हेटौँडामा छठ पर्वको तयारी सुरु भएको छ । आगामी आइतबार अस्ताउने र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएर पूजाआजा गरी श्रद्धा र भक्तिपूर्वक छठ पर्व मनाइदै छ ।
छठ पुजाको लागी राप्ती तटमा टेण्ट लगाउने र हेटौंडा बजारमा झिलीमिली बनाउने कार्य चलिरहेको छठ पुजा मूल समारोह समितिका अध्यक्ष अजयकुमार बानियाले जानकारी दिए । उक्त पर्वको निम्ति राप्ती रोडमा द्वार बनाइएको छ । हेटौँडा–१० स्थित राप्ती खोला किनारलाई छठका लागि सजाउन थालिएको छ । 
तराईवासीले कात्तिक शुक्लपक्षमा मनाउने यो पर्व चार दिनसम्म मनाइन्छ । 
पहिलो दिन अर्थात् चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा नहान खान भन्ने गरिएको छ । पञ्चमी तिथि (दोस्रो दिन) लाई ‘खरना’ (संरक्षण अर्थात् पापको क्षय) भनिन्छ । षष्ठीका दिन (तेस्रो दिन) सन्ध्याकालीन अर्थात् अस्ताउन लागेको सूर्यलाई प्रसादस्वरुप अर्घ दिन पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म आराधना गर्ने गर्छन् ।  पर्वको चौथो दिन बिहान उषाकालमा व्रत लिनेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातःकालीन सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ ।

Powered by Blogger.