महायज्ञ लगाउन समिति
हेटौंडा/शक्तेश्वर मन्दिर संरक्षण तथा पर्यटकिय क्षेत्र व्यवस्थापन समिति हेटौंडा–१९ ले महायज्ञ गर्ने भएको छ ।
समितिले मंसिर २० गतेदेखि सप्ताह ज्ञान महायज्ञ गर्ने भएको हो । महायज्ञका लागि भएको अन्तरक्रियाले लोकनाथ चौलागाईंको संयोजकत्वमा महायज्ञ व्यवस्थापन मूल समारोह समिति र विभिन्न उपसमिति गठन गरेको छ । मूल समारोह समिति र उपसमिति गठनपछि महायज्ञको तयारी तीव्र
पारिएको छ ।
मन्दिरको स्तरोन्नति र पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि महायज्ञ आयोजना गर्न लागिएको प्रचारप्रसार उपसमिति संयोजक रामकृष्ण कोइरालाले जानकारी दिए ।

