‘भारतीय नोट साट्ने व्यवस्था मिलाउ’
हेटौंडा, २८ कात्तिक/मकवानपुर उद्योग वाणिज्य संघले ५ सय र एक हजारको भारतीय नोट साट्ने व्यवस्था हुनुपर्ने माग गरेको छ ।
भारत सरकारले केहीदिन अघि ५ सय र हजारको नोटलाई प्रतिबन्ध लगाएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मकवानपुरका व्यवसायीस“ग भएको नोट साट्ने व्यवस्था मिलाउनुपर्ने बताएको
छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘नेपालको व्यापार व्यवसायको लागि भारत प्रमुख देश रहेको र भारतीय रुपियाँमार्फत कारोबारसमेत हुँदै आइरहेको अवस्थामा हाल उद्यमी, व्यवसायी तथा आम सर्वसाधारणस“ग
रहेको भारतीय रकम के गर्ने भन्ने अन्यौलता रहेको छ ।’ मउवा संघका अध्यक्ष राजकुमार न्यौपानेले भारतीय नोटका कारण व्यवसायीमा रहेको अन्यौलतालाई चिर्न सरकारको तर्फबाट पहल हुनु आवश्यक रहेको बताए । ५‘ सय र हजारको भारतीय नोट के गर्ने भन्ने अन्यौलता रहेको छ’, उनले भने, ‘व्यवसायी तथा सर्वसाधारणस“ग रहेको त्यस्ता मुद्रा साट्ने व्यवस्था तुरुन्त मिलाइनुपर्छ भन्ने हाम्रो माग हो ।’

