खेलकुद महोत्सवको तयारी अन्तिम चरणमा
हेटौंडा, २८ कात्तिक/हेटौंडा, २८ कात्तिक÷सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा यही मङ्सिर २ देखी १२ गतेसम्म हेटौंडा आँखा अस्पताल पछाडिको खाली जग्गा (भुटनदेवी पार्क) मा हुन लागेको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सवको तयारी तीव्र गतिमा अघि बढाइएको छ ।
महोत्सवको मिति नजिकिँदै जाँदा जिल्लाको सदरमुकाम हेटौंडासहित अन्य स्थानमा रोड ब्यानर र पर्चा पम्प्लेट टाँस्ने कामलाई धमाधम अघि बढाइएको छ । मेलास्थल बार्ने काम सकिएको छ भने बाल उद्यानमा राखिने सबै सामग्री जोड्ने काम सकिएको आयोजकले जानकारी दिएको छ । यस्तै मेलामा धुलो नउडोस् भन्नका लागि पानी र डस्ट हालिएको छ । ‘स्टल बनाउने काम अन्तिम चरणमा पुगेको छ । सबै उपसमितिलाई दिइएको जिम्मेवारीहरु उक्त समितिले पूरा गरिरहेका छन्’, प्रतिष्ठानका अध्यक्ष भेष खड्कीले भने, ‘मेलाको करिब ८० प्रतिशत काम सकिसकेको छ ।’ मेलामा म्याराथन, तेक्वान्दो, कबड्डीको राष्ट्रिय प्रतियोगिता एवम् महिला भलिबलमा सशस्त्र प्रहरी र ढोरपाटन क्लवबीच मैत्रीपूर्ण खेल तथा शारीरिक सुगठनको जिल्लास्तरीय खेल प्रदर्शनी हुनेछ ।
मेलामा राखिने अधिकांश स्टलहरुमा विशेष छुट तथा आकर्षणहरु हुने आयोजकको दावी छ । मनोरञ्जनात्मक बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुतिका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बिजेता बन्न सफल खेलाडीहरुलाई सम्मान गर्ने आयोजकको तयारी छ ।
यस्तै मेलाको विशेष आकर्षणको रुपमा सीमान्तकृत तथा लोपोन्मुख राउटे जातिको स्टल रहने प्रतिष्ठानका महासचिव सविन न्यौपानेले जानकारी दिए । मेलाको उद्घाटनको दिन झाँकीसहित विभिन्न क्षेत्र, समुदायको सहभागितामा आकर्षक ¥याली हुनेछ भने प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ हेटौंडा गट ट्यालेन्टको समेत आयोजना गरिनेछ । गतवर्षबाट सुरु भएको हेटौंडा गोल्डकपलाई
निरन्तरता दिन र यस क्षेत्रको खेलकुद एवम् पत्रकारिता क्षेत्रको विकासको निम्ति प्रतिष्ठानले औद्योगिक शान्ति नेपाल संस्थास“ग सहकार्यमा राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ आयोजना गर्न लागेको हो ।
म्याराथनको विजेतालाई ५० हजार
हेटौंडा/राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सवको उद्घाटनको दिन मंसिर २ गते हुने म्याराथन दौडको तयारी तीव्र पारिएको छ । म्याराथनको व्यवस्थापनको जिम्मा पाएको एथ्लेटिक्स संघका केन्द्रीय कोषाध्यक्ष एवम् मकवानपुर अध्यक्ष प्रभाकर पाण्डेका अनुसार म्याराथनको दौडको तयारी तीव्र ढंगमा अघि बढिरहेको छ । उनका अनुसार म्याराथनमा ५ विकास क्षेत्र, नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा अन्य कम्तीमा ५ जना राष्ट्रिय खेलाडीले दौडमा भाग लिने छन् ।
‘प्रतियोगिताको शोभा बढाउनका लागि हामीले विभिन्न स्कूलका विद्यार्थी तथा अन्य सर्वसाधारणलाई पनि दौडमा सहभागी हुन अनुरोध गरेका छा, पाण्डेले भने, ‘सुरुवातीमा कम्तीमा २ सय जनाले दौडमा भाग लिने हाम्रो अपेक्षा छ ।ु उनका अनुसार प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौ हुनेले क्रमश ः ५० हजार, २५ हजार, १५ हजार र ५÷५ हजार रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
म्याराथनका विजेताहरुलाई महोत्सवको उद्घाटनको क्रममा हुने शोभायात्रामा गाडीमा राखेर हेटौंडा बजार परिक्रमा समेत गराइने छ । म्याराथनमा सहभागि हुने खेलाडी मेलास्थल भूटनदेवी मन्दिर रोडको गेडबाट दौडिन सुरु गरी सोलिड्यारिटी बोर्डिङ, मेनरोड हुँदै फरेष्ट्रि गेट अगाडिबाट पूर्वपट्टि, सत्यम जेभियर्स बोर्डिङको उत्तरतर्फ ओम चलचित्र मन्दिर हुँदै कान्तिराजपथ चौघडा टेम्पोपार्कबाट बुद्धचोक हुँदै राप्तिरोड, थानाभ¥याङ, नवलपुर, बसामाडी, लेवट, बस्तीपुर, सानान्टार, रजैया, खरङ्गाको नमूना पशु फारम (हाइड्रो मेकानिक उद्योग अगाडि) बाट कुपन लिइ फर्किनुपर्नेछ । खरङ्गाबाट सोही रुट हुँदै बुद्धचोकसम्म आइपुग्नुपर्ने बताइएको छ ।
