Header Ads


सुपथ पसलबाट ११ लाखको कारोवार

हेटौंडा/दशै तिहारलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेसन प्रालि हेटौँडा शाखाले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलबाट ११ लाख १६ हजारको कारोबार भएको छ । 
दशै तिहारको समयमा उपभोक्ताहरु विचौलियाको मारमा नपरुन् भन्ने उद्देश्यले पसल सञ्चालनमा ल्याएको कार्यालय प्रमुख शैलेन्द्रकुमार पाण्डेले जानकारी दिए । कार्यालयले प्रति व्यक्ति ६ केजी चिनी र ३ केजी नुन उपभोक्ताहरुलाई सहुलियत दरमा हेटौँडाको खोपेगल्लीबाट ग्राहकलाई सेवा प्रदान गरेको थियो । 
असोज १ गतेदेखि कार्तिक २१ गतेसम्म सञ्चालनमा आएको सुपथ मूल्य पसलबाट १३ हजार केजी चिनी र ५ हजार ५ सय केजी नुन बिक्री गरेको पाण्डेले बताए । कार्यालयले दशै तिहारलाई लक्षित गरी उपभोक्ताको मागलाई मध्यनजर गर्दै प्रत्येक वर्ष सुपथ पसल सञ्चालन गर्ने गर्दछ  । कार्यालयले चिनी ७९ रुपिँया र नुन १६ रुपिँयामा उपलव्ध गराएको थियो ।
Powered by Blogger.