Header Ads


खेलकुद महोत्सवमा दर्शकको भीड बढ्दो

हेटौंडा, ६ मंसिर/सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा बृहत् व्यापार महोत्सव–२०७३ मा दिनहुँ दर्शकको भीड बढ्दो क्रममा रहेको छ । 
नयाँ स्थानमा नयाँ संस्थाले नयाँ उद्देश्यका साथ आयोजना गरेको महोत्सवलाई आम मकवानपुरबासीले साथ दिइरहेको र दिनहुँ अवलोकनकर्ता बढिरहेको आयोजकले जानकारी दिएको छ । औद्योगिक शान्ति नेपाल संस्थास“गको सहकार्यमा जारी राष्ट्रिय खेलकुद तथा व्यापार मेला–२०७३ अन्तर्गत् सोमबार अवलोकनकर्ताको घुईंचो लागेको थियो । नेको इन्स्योरेन्स पावर बाईको रुपमा रहेको महोत्सव सोमबारमात्र करिब २० हजार जनाले अवलोकन गरेको बताइएको छ । 
मेलामा सहभागी हुनेहरुको संख्या बढिरहेको बताउँदै प्रतिष्ठानका अध्यक्ष भेष खड्कीले भने, ‘हामीले सोचेअनुसारकै दर्शकहरु आइरहनु भएको छ । नयाँ पवित्र उद्देश्यका साथ आयोजना गरिएको मेला भएको कारण पनि हुनसक्छ हामीले सोचे अनुरुप नै अवलोकनर्ताको माया पाएका छौं ।’ सोमबार आएका कलाकारहरुले पनि महोत्सवमा आएकाहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका छन् । सोमबार लोकगायिका राधिका हमाल, गायक हेमन्त शर्मा, ब्रमास्त्र व्याण्ड, हास्य कलाकार धावा लामा तथा स्थानीय कलाकारहरुले मनोरञ्नात्मक कोसेली प्रस्तुत गरेका थिए ।
 तीन सय ५० वटा स्टल रहेको महोत्सवमा म्याराथन, तेक्वान्दो, महिला भलिबलमा सशस्त्र प्रहरी र न्यू डायमण्ड क्लबबीच मैत्रीपूर्ण खेल तथा शारीरिक सुगठनको जिल्लास्तरीय खेल प्रदर्शनी रहेका छन् । खेल महोत्सवमा जिल्लामै पहिलोपटक कुस्ती प्रतियोगिता आयोजना हँुदैछ । मेलामा राखिएका अधिकांश स्टलहरुमा विशेष छुट तथा आकर्षण रहेका छन् ।
Powered by Blogger.