Header Ads


मंसिर अन्तिमसम्ममा हाँडीखोलामा एम्बुलेन्स

हेटौंडा, २८ कात्तिक/मकवानपुरको हाँडीखोला स्वास्थ्यचौकीलाई आगामी मंसिर अन्तिमसम्ममा एम्बुलेन्स सहयोग हस्तान्तरण गरिने भएको छ । मकवानपुर ओभरसिज नेटवर्कका संयोजक चिरञ्जिवी ढकालको संयोजकत्वमा सुरु भएको एम्बुलेन्स सहयोग अभियान अन्तिम चरणमा पुगेको जनाइएको छ ।
 हाँडीखोला घर भई हाल बेलायतमा रहेका ढकालको अगुवाईमा हाँडीखोला प्रवासी समूहको समेत सहयोगबाट एम्बुलेन्स खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको हो । ‘एम्बुलेन्स खरिदका सबै काम सकिइसकेको छ’, संयोजक ढकालले भने, ‘एम्बुलेन्स ल्याउन बढीमा एक महिना लाग्ने बुझिएको छ, हामी सकेसम्म मंसिर महिनाको अन्तिमसम्ममा बृहत कार्यक्रमकाबीच हाँडीखोला स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गर्ने उद्देश्यका साथ लागिरहेका छौं ।’ 
ढकालले आफ्नो यस अभियानलाई हाँडीखोला प्रवासी समूह र हाँडीखोलामै रहेका युवाहरुको सकृय साथ र सहयोग पाएको बताए । ‘मैले मात्र चाहेर यो अभियान यत्ति सजिलै अन्तिम चरणमा आइपुग्ने थिएन, सबैको साथ र सहयोगले गर्दा आगामी दिनमा हाँडीखोलाको लागि अन्य सहयोग गर्ने हौसलासमेत मिलेको छ,’ उनले भने, ‘हाँडीखोला स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेपश्चात त्यहाँको धेरै स्वास्थ्य समस्या समाधान हुने विश्वास लिएको छु ।’ यस्तै हाँडीखोला प्रवासी समूहका अभियन्ता सञ्जिव पाठकले चिरञ्जिवी ढकालबाट थालनी भएको यस अभियानमा प्रवासी समूहले सहयोग संकलनको काम गरिरहेको बताए । ‘वहाँ ९चिरञ्जिवी ढकाल० ले थाल्नुभएको यस अभियानलाई हामी प्रवासी समूहको तर्फबाट पनि सहयोग गरिरहेका छौं । आफ्नो गाउँको लागि किनिदैं गरेको एम्बुलेन्सलाई हामीले पनि सहयोग गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामी क्रियाशील छौं,’ उनले भने, ‘हाँडीखोला र अन्य छिमेकी गाविस तथा नगरका गरी करिब ७५ जनाबाट १० लाख रुपिया“को प्रतिबद्धता आएको छ । हालसम्म ५ लाख रकम संकलन भइसकेको छ । अरु रकम उठ्ने क्रममा नै छ ।’ एम्बुलेन्स खरिद एवम् व्यवस्थापनको निम्ति स्थानीय समाजसेवी अर्जुन पुडासैनीको अध्यक्षतामा ९ सदस्यीय समितिसमेत गठन भइसकेको छ । समितिका पदाधिकारीले शुक्रबार काठमाडौं पुगेर आवश्यक कागजातसहित टाटा सुमो गोल्ड बुकिङ गरेको समितिका सचिव अनन्त प्रकाश अर्यालले जानकारी दिए । 
‘मकवानपुर ओभरसिज नेटवर्कका संयोजक चिरञ्जिवी ढकालको संयोजकत्वमा सुरु भएको एम्बुलेन्स 
खरिद एवम् हाँडीखोला स्वास्थ्यचौकीलाई हस्तान्तरण गर्ने अभियानमा यहाँबाट हामीले गर्ने सम्पूर्ण कार्य गरिरहेका छौं,’ अर्यालले भने, ‘नेटवर्ककका संयोजकको पहल तथा हाँडीखोला प्रवासी समूहको सहयोगमा भरहेको एम्बुलेन्स खरिद अभियानस“गै हाँडीखोलाबासीमा खुसियाली छाएको छ ।’ 
हाँडीखोला स्वास्थ्यचौकीमा प्रदान गरिने एम्बुलेन्सले हाँडीखोला गाविसको ९ वटै वडासहित, हेटौंडाको 
पदमपोखरी, बस्तीपुर, सानान्टार, नेवारपानी तथा मनहरीका विभिन्न वडालाई समेत सेवा पु¥याउन मद्दत गर्नेछ ।’ 
Powered by Blogger.