Header Ads


बस्तीपुर जेसीज सप्ताह २४ गतेबाट

हेटौंडा, २१ कात्तिक÷बस्तीपुर जेसीज हाँडीखोलाको बर्ष सन् २०१६ को जेसीज सप्ताह यही कार्तिक २४ गते बुधबारबाट हुने भएको छ ।
जेसीजले आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै जेसीज सप्ताहमा आयोजना गरिने कार्यक्रमको बिषयमा जानकारी दिएको हो । पहिलो कार्यक्रम बस्तीपुर जेसीज र मकवानपुरमा कृयाशिल लायन्स क्लवको बीचमा मैत्रीपूर्ण फुटबलको आयोजना गरी सुरु हुनेछ ।
यस्तै २४ गते दिउँसो हेटौंडा–५ सिंचाईटोलमा रहेको आमाघरमा खाद्यान्न वितरण, २५ गते विहान सिर्जनशिल बौद्ध अनाथ प्रावि नेवारपानीमा पुस्तक तथा स्टेशनरी सामग्री वितरण र सोही दिन दिउँसो जेसीजका नयाँ सदस्यहरुका लागि उत्प्रेरणात्क तालिमको आयोजना गरिने भएको छ । यस्तै २६ गते बिहान बस्तीपुरमा प्रहरीसंगको सहकार्यमा जनचेतनामुलक कार्यक्रम गर्ने र दिउँसो निर्मल उच्च मावि वस्तीपुरमा उदयसिंह पाठक स्मृति मावि स्तरीय हाजिरीजवाफ रहेको छ । केही महिना अघि निधन भएका पाठक बस्तीपुर जेसीजका संस्थापक सल्लाहकार रहेका
थिए । २७ गते शनिबार बिहान १० बजे जेसीज सचिवालय बस्तीपुरमा सप्ताहव्यापी कार्यक्रम समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेको जेसीज अध्यक्ष विनोद बर्तौलाले जानकारी दिए ।
जेसीज सप्ताहको कार्यकारिणी उपाध्यक्ष सुनिल अधिकारी मूल कार्यक्रम संयोजक रहेका छन् भने उपाध्यक्ष प्रकाश थोकर सह मूल कार्यक्रम संयोजक रहेका छन् । पत्रकार सम्मेलनमा संस्थापक अध्यक्ष गणेश भेटवाल, पूर्व अध्यक्षद्वय दीपेन्द्र बर्तौला र बसन्त सिटौला, निवर्तमान अध्यक्ष प्रेम बोलखेलगायतको आतिथ्यता थियो । 
Powered by Blogger.