महोत्सवमा ४ खेल हुने
हेटौंडा, २१ कात्तिक/हेटौंैडामा गत बर्षबाट सुरु भएको हेटौंडा गोल्डकपलाई निरन्तरता दिन आर्थिक जोहो गर्ने उद्देश्यका साथ यही मंसिर २ गतेदेखि हुन लागेको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ मा ४ विधाको खेल हुने भएको छ ।
आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै म्याराथन, तेक्वान्दो, कबड्डीको राष्ट्रिय प्रतियोगिता एवम् महिला भलिबलमा सशस्त्र प्रहरी र ढोरपाटन क्लवबीच मैत्रीपूर्ण खेल तथा शारीरिक सुगठनको जिल्लास्तरीय खेल प्रदर्शनी हुने पक्कापक्की भएको जानकारी गराएको हो ।
मेला आयोजक मूल समारोह समिति संयोजक भेष खड्कीका अनुसार मेलामा राखिने अधिकांश स्टलहरुमा विशेष छुट तथा आकर्षणहरु हुनेछन् भने मनोरञ्जनात्मक बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति हुनेछ । त्यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बिजेता बन्न सफल खेलाडीहरुलाई सम्मान गरिने, किवी फलको विशेष स्टल रहने, कृषि प्रदर्शनी तथा कृषि उपजको सहुलियत बिक्री हुने तथा सीमान्तकृत तथा लोपोन्मुख राउटे जातिको स्टल रहने प्रतिष्ठानका महासचिव सविन न्यौपानेले जानकारी दिए । मेलाको उद्घाटनको दिन झाँकीसहित विभिन्न क्षेत्र, समुदायको सहभागितामा आकर्षक ¥याली हुनेछ भने प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ हेटौंडा गट ट्यालेन्टको समेत आयोजना गरिनेछ । गतवर्षबाट सुरु भएको हेटौंडा गोल्डकपलाई निरन्तरता दिन र यस क्षेत्रको खेलकुद एवम् पत्रकारिता क्षेत्रको विकासको निम्ति २ गतेबाट १३ गतेसम्म हेटौंडा–१० स्थित भुटनदेवी पार्क (यसअघिको टीसीएन जग्गा) मा प्रतिष्ठानले औद्योगिक शान्ति नेपाल संस्था संगको सहकार्यमा राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ आयोजना गर्न लागेको हो । करिब २ लाख ५० हजार जनाले अवलोकन गर्ने र करिब १० करोड बराबरको कारोबार हुने लक्ष्य
राखिएको प्रचारप्रसार समिति संयोजक गणेशदर्पण अधिकारीले जानकारी दिए । आम हेटौंडाबासीको लोकतान्त्रिक मैदान हुप्रचौरको विकल्प खोज्नुपर्ने सुझावलाई शिरोपर गर्दै नयाँ स्थानमा नयाँ किसिमको महोत्सव आयोजना गरिएको आयोजकको दावी छ ।
हुप्र मेला महोत्सव मुक्त ः तिमल्सिना
हेटौंडा÷मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले मेलाको लागि नयाँ स्थलको खोजी गरेसंगै अब हुप्रचौर मेला महोत्सव मुक्त भएको बताएका छन् ।
‘हुप्रमा मेला गर्न दिने÷नदिने, गर्न हुने÷नहुने भन्ने बिषयमा बेलाबेलामा ठूलै विवाद हुँदै आएको हो’, उनले भने, ‘धेरैले एक पटकको लागि भन्दै हुप्रलाई प्रयोग गरेपनि अब यस प्रतिष्ठानले आँखा अस्पताल पछाडीको खाली जग्गामा मेलाको तयारी गरेसंगै यो विवाद हल भयो भन्ने मैले बुझेको छु ।’
प्रतिष्ठानको पत्रकार सम्मेलनमा उपस्थित भएका अध्यक्ष तिमल्सिनाले हुप्रको विवाद अन्त्य गर्नको लागि सुमन भोम्जन प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेलेको दावी गरे । यो संगै अब हुप्रमा खेलसंग सम्बन्धित पूर्वाधारको विकासको निम्ति बाटो खुलेको उनको धारणा छ ।