Header Ads


बरालको नायकत्वमा विजय यूथको विजय सुरुवात

हेटौंडा, १४ पुस/सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ष्ठानको आयोजनामा बिहीबारबाट हेटौंडामा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । 
प्रतियोगितामा घरेलु टिम विजय यूथ क्लवले विजययात्रा सुरु गरेको छ । बिहीबार भएको उद्घाटन खेलमा काठमाण्डौंको सरस्वती क्लवलाई टाइब्रेकरमार्फत ३–१ गोल अन्तरले पराजित गर्दै विजय यूथले विजययात्रा सुरु गरेको हो । विजय यूथको जितमा गोलरक्षक अशोक बराल नायक बने । उनले टाइब्रेकरमा ३ वटा प्रहार रोकेका थिए । निर्धारित समयमा दुवै टिमको तर्फबाट १÷१ गोल भएपछि निर्णयको लागि सिधै टाइब्रेकरको साहारा लिइएको थियो । टाइब्रेकरमा विजय यूथको तर्फबाट सुनिल बल, विदेशी खेलाडी मार्टिन र सुरज बिष्टले गोल गरे । संजय राजबहाकको प्रहार बाहिरिएको थियो । यस्तै सरस्वतीको तर्फबाट जनम लिगलले मात्र गोल गरे । 
कुमार गिरी, तीर्थ बस्नेत र विदेशी खेलाडी बबीको प्रहार बरालले रोकेका थिए । बराल नै खेलको म्यान अफ दी म्याच बने । २२ औं मिनेटमा सुनिल बलको आकर्षक गोलमा विजय यूथले सुरुवाती अग्रता लिएको थियो । त्यससंगै दवावमा राख्दै आएको विजय यूथले ८० औं मिनेटमा गोल व्यहोर्नुप¥यो । 
कुमार गिरीले खेललाई बराबरीमा फर्काएका थिए । जारी प्रतियोगितामा शनिबार नेपाल पुलिस र पोखराको  साहारा क्लवको बीचमा खेल हुनेछ ।  २ विदेशीसहित १० टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता तथा उपविजेता टोलीले क्रमश ः नगद ५ लाख र ३ लाख रुपियाँ प्राप्त गर्नेछ । प्रतियोगिता पुष २३ गतेसम्म सञ्चालन हुनेछ । 
Powered by Blogger.