Header Ads


गोगने खोपयुक्त गाविस घोषणा

हेटौंडा, २२ मंसिर/उत्तरी मकवानपुरको गोगने गाउँ विकास समितिलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । 
बुधबार  एक कार्यक्रमबीच गोगनेलाई पूर्ण खोपयुक्त गाविसको रुपमा घोषणा गरिएको हो ।  कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका मकवानपुरका सभापति तथा केन्द्रीय सदस्य सूर्यचन्द्र न्यौपानेले पूर्ण खोपयुक्त गाविस घोषणा गरेका हुन् । गोगनेमा ८५ प्रतिशत बालबालिका तथा खोप लगाउन तोकिएका समूहले खोप लगाएको गोगने स्वास्थ्य चौकीले जनाएको छ । कार्यक्रम जिल्ला विकास समिति मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापाको विशेष आतिथ्यमा भएको थियो । कार्यक्रमका अतिथीहरुलाई गोगने गाविसका सामाजिक परिचालक कमल लामाले स्वागत गरेका थिए । 
Powered by Blogger.