Header Ads


पत्रकारको ल्याब परीक्षणमा ६० प्रतिशत छुट

हेटौंडा, २२ मंसिर/नेपाल पत्रकार महासंघ मकवानपुरमा आबद्ध पत्रकारले चिकित्सकको सिफारिसको आधारमा ल्याब परीक्षण गराउँदा मकवानपुरमा ६० प्रतिशत छुट हुने भएको छ ।
 मेडिकल ल्याब एसोसिएसन (मेलान) र पत्रकार महासंघ मकवानपुरकोबीचमा बुधबार भएको सहमति अनुसार पत्रकार महासंघमा आबद्ध पत्रकारको ल्याब परीक्षण गर्दा ६० प्रतिशत छुट दिइने भएको हो । पत्रकार महासंघ जिल्ला अध्यक्ष महेन्द्र श्रेष्ठ र मेलान जिल्ला अध्यक्ष उत्सव चौलागाईंले सम्झौतापत्रमा हस्ताक्षर गर्दै पौष १ गतेबाट लागू हुने गरी सम्झौता गरिएको उल्लेख गरे । 
‘मकवानपुरमा रहेका ३८ वटा ल्यावबाट यो सुविधा लिन सकिनेछ’, मेलान अध्यक्ष चौलागाईंले भने, ‘चिकित्सकको पुर्जीको साथै परिचयपत्र लिएर आउने पत्रकारलाई यो सुविधा दिइनेछ ।’ पत्रकारलाई छुट दिनुमा कुनै स्वार्थ नरहेको बताउँदै उनले यस अभियानलाई निरन्तरता दिँदै जाने योजना रहेको सुनाए । यता पत्रकार महासंघ जिल्ला अध्यक्ष महेन्द्र श्रेष्ठले मेलानले पत्रकारको हितमा काम गर्न खोजेको धारणा राख्दै यस कार्यलाई निरन्तरता दिन अनुरोध गरे । 
श्रेष्ठले मेलान र महासंघबीचको यो सम्झौताले पत्रकारहरुको स्वास्थ्य उपचारको लागि थप सहजता हुने 
बताए । सम्झौता कार्यक्रममा मेलानका केन्द्रीय सचिवालय सदस्य भुपनारायण यादवले देशैभरका पत्रकार महासंघस“ग यो सम्झौता गर्नको लागि केन्द्रमा निर्णय गरिने बताए । यता चुरेहिल हस्पिटलका प्रबन्ध निर्देशक रवी अधिकारीले आफ्नो अस्पतालको तर्फबाट उपचारमा समेत पत्रकारलाई सहुलियतको व्यवस्था गरिने प्रतिबद्धता जनाए । 
Powered by Blogger.