Header Ads


सकियो सिलाईकटाई तालिम

हेटौंडा, १३ पुस/ सामुदायिक सेवा केन्द्र थानाभ¥या· तथा सीप विकास तालिम केन्द्र हेटौडांको संयुक्त आयोजनामा सञ्चालित ३ महिने सिलाईकटाई तालिम सकिएको छ ।
केन्द्रका अध्यक्ष सिद्धिलाल श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बसन्तकुमार लामाको प्रमुख आतिथ्यता रहेको थियो । ३ महिने तालिममा ३८ जनाले सहभागिता जनाएका थिए । तालिममा सहभागिता जनाएका मध्ये प्रशिक्षकले लिएको परीक्षामा पवित्रा राई प्रथम, सर्मिला अधिकारी सुवेदी द्वितीय र सरस्वती नेपालीले तृतीय हुँदै पुरस्कार वापत कपडा काट्ने कैची प्राप्त गरेका छन् । 
सामुदायिक सेवा केन्द्रका सचिव देवकुमार श्रेष्ठका अनुसार कार्यक्रममा केन्द्रका कोषाध्यक्ष सुमित्रा काफ्लेले स्वागत मन्त्व्य व्यक्त गरेकी थिइन् । कार्यक्रममा सीप विकास तालिम केन्द्र मकवानपुरका प्रमुख युवराज गुरुङ, सामुदायिक सेवा केन्द्र उपशाखा १० का अध्यक्ष रमेशरत्न स्थापितलगायतको आतिथ्यता रहेको थियो । तालिममा प्रशिक्षक उर्मिला हमाल र सुशीला भट्टराईले तालिम प्रदान गरेका थिए ।
Powered by Blogger.