Header Ads


झाडी सफा गरेर दैनिक ७ सयसम्म आम्दानी

फाखेल, १३ पुस/ युवाहरु जागिर नपाएर विभिन्न खाडी मुलुकलगायतको देश जानेको ताँती छ । तर मकवानपुरको फाखेल गाविस वडा नम्वर ६ मधुवनका युवाहरु झाडी सफा गरेर दैनिक ७ सय रुपियाँ कमाउने गरेका छन् । मंसिरदेखि चैतसम्मकोे समयको सदुपयोग र दैनिक ७ सय रुपियाँ आम्दानी हुन थालेपछि फाखेल मधुवनका युवाहरु दङ्ग छन् । हिमालयन नेचुर प्रालिले वायो इनर्जीसंग सहकार्य गरी झाडी सफा गरेर चारकोल कोईला बनाउन सिकाएपछि स्थानीय युवाहरुको मंसिरदेखि चैतसम्मको त्यसै खेर जाने समयको सदुपयोग भएको छ । सुन्दरीदेवी सामुदायिक वनको झाडी, काम नलाग्ने हा“गावि“गालाई पोलेर चारकोल बनाउ“दै त्यहिबाट उनीहरु कोइला बेच्ने गर्दछन् । 
कोइला उत्पादन गरेर बेच्दा दैनिक ३ देखि ४ घण्टा मात्र काम गरे पनि प्रतिव्यक्ति ७ सयका दरले कमाई भइरहेको स्थानीय युवा रामप्रसाद लामाले बताए । काम नलाग्ने झाडी तथा बुट्यानहरुलाई बायोइनर्जी क्लिनमा राखी २ देखि ३ घण्टामा चारकोल कोइला तयार हुन्छ । यसरी तयार गरेका कोइलाको प्रति टिन २५ रुपैया“मा हिमालयन नेचुरल प्रालिले त्यहि“बाट नै खरिद गर्दछ । चारकोल तयार पार्न आवश्यक पर्ने बायोइनर्जी क्लिन हिमालयन नेचुरल प्रालिले ८ वटा उपलव्ध गराएको छ । उक्त बायोइनर्जी क्लिनबाट १६ जना युवाहरु रोजगारबाट लाभान्वित भएका छन् । 
बायो इनर्जी प्रालिका उत्पादन प्रबन्धक गोपालप्रसाद शर्माका अनुसार फाखेल जसरी नै मकवानपुरको कुलेखानी, मार्खु, चित्लाङमा पनि भर्खरै कार्यक्रम सञ्चालनमा ल्याइएको छ । मकवानपुर सहित नेपालका ७ वटा जिल्लामा यसरी नै चारकोल कोइला उत्पादन भइरहेको छ । यसरी उत्पादित चारकोल कोइला कच्चा इन्धन भएकोले यसलाई काठमाडौं लगेर विकेट बनाउने गरिन्छ र बजारमा विक्री गर्ने गरेको हिमालय नेचुरलका अमन लामिछानेले जानकारी 
दिए । 
जिल्ला वन कार्यलय मकवानपुरका कार्यालय प्रमुख राजेन्द्र न्यौपानेले फोहरबाट मोहर भनेजस्तै ज·लमा भएको फोहरलाई मोहर बनाउन फाखेल गाविस सफल भएको बताए । ज·लमा भएको झारपात र पति·रबाट कोइला बन्ने भएकोले झाडीबाट पैसामा रुपान्तरण भएको न्यौपानेको भनाई छ । 
Powered by Blogger.