Header Ads


अध्यक्षमा पुनः स्थापित चयन

हेटौंडा, ११ पुस/ आदर्श टोल विकास संस्था हेटौंडा–१० को अध्यक्षमा पुनः रमेशरत्न स्थापित चयन भएका
छन् ।
टोल विकास संस्थाको चौथो साधारणसभाबाट स्थापित पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । टोल विकास समितिमा उपाध्यक्ष शान्ता गजुरेल, सचिव नवराज न्यौपाने, सहसचिव निलम दवाडी, कोषाध्यक्ष गीता स्थापित तथा सदस्यहरुमा जानुकादेवी कँडेल, केशबी दुलाल, प्रदीप कँडेल, बिष्णु कँडेल र गणेशबहादुर घलान रहेका छन् । समाजसेवी सीताराम बर्तौलाको प्रमुख आतिथ्यतामा भएको भेलामा मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, हेटौंडा उपमहानगरपालिकाका बीके महर्जन, भीम तिमल्सिना, १० नम्बर वडा सचिव राम तिमल्सिनालगायतको सहभागिता रहेको थियो ।

Powered by Blogger.