गोगने आज पूर्ण खोपयुक्त घोषणा हुँदै
हेटौंडा, २१ मंसिर/मकवानपुरको गोगने गाविस आज बुधवार पूर्ण खोपयुक्त गाविस घोषणा हुँदैछ ।
गाविसमा रहेका सबै बालबालिकाहरुलाई सबै प्रकारको खोप दिइसकेकाले पूर्ण खोपयुक्त गाविस घोषणा गर्न लागिएको हो । गोगने गाउँ विकास समतिले विशेष साँस्कृतिक कार्यक्रमका बीच गोगनेलाई पूर्ण खोपयुक्त गाविस घोषणा गर्न लागेको हो ।
कार्यक्रममा राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको साँङगीतिक प्रस्तुतिबाट जनचेतनामुलक सन्देश प्रवाह गर्र्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा राष्ट्रिय कलाकार शान्ता परियार, बाबुकृष्ण परियार तथा स्थानीय कलाकार रजनी लामा र सिम्पल सुमनले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने छन् । गोगने–२ मा रहेको स्वास्थ्यचौकीको प्राङ्गणमा हुने कार्यक्रममा सफल बनाउनको निम्ति गाविसले आफ्नो तयारीलाई भव्यताका साथ अघि बढाएको छ ।
गाविसलाई पुर्ण खोप युक्त गाविस घोषणा गर्न बालबालिकाहरुलाई बिसीजी, डिपीटी, हेपाटाईटिस बी, पोलियो, दादुरा र टिटीलगायतको खोप लिएको हुनुपर्ने हुन्छ ।

