Header Ads


हेटौंडा जेसीजका संस्थापक अध्यक्षको शोकसभा

हेटौंडा, २१ मंसिर/मकवानपुरको पहिलो जेसीज हेटौंडा जेसीजका संस्थापक अध्यक्ष गोपीकृष्ण गोर्खालीको निधन भएको १३ औं दिनको पूण्यतिथिमा शोकसभाको आयोजना गरिएको छ । 
हेटौंडा जेसीजका अध्यक्ष धर्मराज बानिया“को अध्यक्षतामा हेटौंडा–९, कर्रास्थित जेसीज भवनमा आयोजित कार्यक्रममा हेटौंडा जेसीजका पूर्वअध्यक्षहरु, कार्यसमितिका पदाधिकारी एवम् सदस्य तथा साधारण सदस्यको उपस्थिति रहेको हेटौंडा जेसीजका महासचिव सन्देश डीसीले जानकारी दिए । यस्तै मंगलबार सा“झ हेटौंडा–३ स्थित कृष्ण मन्दिरमा दीप प्रज्वलन समेत गरी स्वर्गीय संस्थापकको आत्माको चीरशान्तिको कामना समेत 
गरेको छ । 
सन् १९७८ मा नारायणगढ जेसीजको मातृत्वमा हेटौंडा जेसीज स्थापना भएको हो । संस्थापक अध्यक्ष गोर्खालीको स्मृतिमा हेटौंडा जेसीजले भोलि बिहिबार बस्तीपुर जेसीजस“ग मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ ।
Powered by Blogger.