Header Ads


विद्यार्थीलाई स्टेशनरी र खाद्यान्न सहयोग

हेटौंडा, १४ पुस/हेटौंडा–२ बनस्खण्डीमा रहेको श्रीदेवी निम्न माध्यामिक विद्यालयका १९ जना गरिब तथा जेहेनदार विद्यार्थीलाई स्टेशनरी सामग्री सहितको झोला र खाद्यान्न सामग्री वितरण गरिएको छ ।
बिहिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै शिक्षा तालिम तथा सामुदायिक सेवा नेपाल (ईटिएससी) ले झोला र खाद्यान्न सामग्री वितरण गरेको हो । १९ जना विद्यार्थीहरुलाई वितरण गरिएको झोलामा अति विपन्न परिवारका १० जना विद्यार्थीको लागि विद्यालय पोशाक पनि रहेको ईटिएससी नेपालका कार्यक्रम संयोजक इना साम्वरले जानकारी दिईन् । 
त्यस्तै विद्यालयले ३ कक्षासम्म अध्ययनरत वालवालिकाहरुको लागि जाउलो कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी आएपछी संस्थाले ६० केजी चामल, ५ केजी दाल ४ लिटर तेललगायतको खाद्यान्न सहयोग गरेको हो । विद्यालयमा रहेको नमुना वाल क्लबकी सचिव आरजु क्षेत्रीको अध्यक्षता 
रहेको कार्यक्रममा बालवालिकाको क्षेत्रमा काम गर्दै आएको वाल कल्याण समाजका कार्यक्रम संयोजक प्रकाश खतिवडा, हेटौंडा २ नम्वर वडा नागरिक मञ्चका अध्यक्ष भवसागर श्रेष्ठले सामाग्री वितण गरेका 
हुन् ।
Powered by Blogger.