आजबाट खाना महोत्सव
हेटौंडा, १४ पुस/सडक खाना महोत्सव–२०७३ आज शुक्रबार र भोली शनिबार हेटौंडामा हुँदैछ ।
होटल एसोसिएसन मकवानपुरको आयोजनामा विगत ७ बर्षदेखि ‘सडकमा जाऔं, सडकमा खाऔं, सडकमै रमाऔं’ भन्ने मूल नाराका साथ आयोजना हुँदै आएको सडक खाना महोत्सवको तयारी अन्तिम अवस्थामा पुगेको आयोजकले जानकारी दिएको छ । यस बर्ष खाना महोत्सवमा साकाहारी र मांसाहारीका छुट्टाछुट्टै ४४ स्टल रहने जानकारी दिइएको छ ।
करिब २ लाख अवलोकनर्ताको सहभागिता रहने महोत्सव सञ्चालनका लागि ५ लाख रुपियाँ खर्च लाग्ने मूल समारोह समिति संयोजक समेत रहेका होटल एसोसिएसन मकवानपुर अध्यक्ष भागिरथ शर्माले जानकारी दिए । खाना महोत्सवमा १५ लाख रुपियाँ बराबरको कारोबार हुने लक्ष्य रहेको उनले बताए । महोत्सवमा स्थानीय कलाकारहरुको मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम रहनुका साथै विभिन्न कम्पनीको प्रचारप्रसार र स्थानीय होटलको खानाको प्रबद्र्धन हुने होटल एसोसिएसन महासचिव शंकरलाल श्रेष्ठको विश्वास छ ।
अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना गर्न लागिएको खाना महोत्सवमा सहभागिताको लागि आयोजकले आम सर्वसाधारणसंग अनुरोध समेत गरेको छ । महोत्सवमा सफा र पारदर्शीताको लागि कुकले अनिवार्य एप्रोन र क्याप लगाउनुपर्ने तथा सम्पूर्ण स्टलवालाहरुले डस्टविन र मूल्यसूची अनिवार्य रुपमा राख्नुपर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।