४ पत्रकारलाई नारायणी बहुउद्देश्यीयको सम्मान
हेटौंडा, १४ पुस/नारायणी बहुउद्देश्यीय सहकारी संस्था हेटौंडा–९ ले मकवानपुरका ४ जना पत्रकारलाई सम्मान गरेको छ ।
बिहिबार संस्थाको २१ आँै वार्षिकोत्सवको अवसर पारेर प्रदेश दैनिकका सुजन ढकाल, सम्बृद्ध समाज दैनिकका सुरेश श्रेष्ठ र हेटौंडा सन्देश दैनिकका सुदिप शिवाकोटीलाई दोसल्ला ओढाएर नगद सहित सम्मान गरेको हो । साझाकुरा दैनिकका सविन न्यौपाने भने कार्यक्रममा अनुपस्थित रहेका थिए ।
संस्थाका अध्यक्ष रामहरी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाको २१ औँ वार्षिकोत्सवको अवसरमा संस्थाको प्रा·णमा रक्तदान कार्यक्रम समेत भएको थियो । २८ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष न्यौपानेले जानकारी दिए । कार्यक्रममा जेष्ठ नागरिक सदस्य ९ जनालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष हरि वाग्ले स्वागत मन्त्व्य व्यक्त गरेका थिए । श्री मित्रमिलन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष भोला खरेल, नेपाली काँग्रेस हेटौंडा ९ नम्वर वडाका सभापति विन्दु लामा, मानवसेवा आश्रमका तारानाथ लामिछाने, समाजसेवी माधव आचार्य, संस्थाका पूर्व सल्लाहकार विजेन्द्र अग्रवाल, सदस्य कल्पना श्रेष्ठलगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

