महजात्राबाट ४० लाख संकलन
हेटौंडा, ९ पुस/शनिबार हेटौंडाको भुटनदेवी उच्च माविको चौरमा सर्वसाधारणसको ठूलो भीड लाग्यो । भीडको कारण हो, नेपालका चर्चित हाँस्य कलाकारहरुको उपस्थिती ।
विभिन्न कारणले सडकको दयनीय जीवन बिताउन बाध्य रहेकाहरुको उद्धार, संरक्षण एवम् पालनपोषण गर्दै आएको मानवसेवा आश्रमको हेटौंडा–९ मा निर्माण भैरहेको भवनको सहयोगका लागि शनिबार राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको उपस्थितीमा भव्य कार्यक्रम गरिएको हो ।
मह–जात्रा नाम दिइएको कार्यक्रममा चर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यका साथै किरण केसी, राजाराम पौडल, गायिका माण्डवी त्रिपाठी, यमन श्रेष्ठ, सुविना अधिकारीलगायतले आफ्नो प्रश्तुती मकवानपुरे दर्शक माझ पस्केका थिए । प्रहसनमा मदनकृष्ण र हरिवंशले देशमा विद्यमान सामाजिक तथा राजनीतिक विकृति र वेथितिविरुद्ध प्रहार गरेका थिए ।
मह जोडीले नेवारबहादुर र बाहुनबहादुर तथा म डनको फोटो स्टुडियो प्रहसन गरेका थिए । नेवारबहादुर र बाहुनबहादुर प्रहसनमा नरेन्द्र कंसाकार र मोहितवंश आचार्यको साथ रहेको थियो । यस्तै कलाकार किरण केसी र राजाराम पौडल १५ वर्षपछि संयुक्त रुपमा मञ्चमा देखिएका थिए । केसी र पौडेलको बोर्डर चेकपोष्ट प्रहसनमा दर्शकले भरपूर मनोरञ्जन लिएका थिए । माण्डवी त्रिपाठी, किरण केसी, यमन श्रेष्ठले गीत र सुविना अधिकारीले नृत्य प्रस्तुत गरी दर्शकको मन जिते । कार्यक्रममा करिब ५ हजार जनाको उपस्थिती रहेको आयोजकले दावी गरेको छ । यस्तै कार्यक्रमबाट ४० लाख रुपियाँ भन्दा बढी बचत भएको बताइएको छ । महजात्रा कार्यक्रमका संयोजक पुरणबहादुर जोशीले मानवसेवा आश्रमलाई परोपकारी संस्थाका रुपमा विकास गरिने बताए । कार्यक्रममा मह जोडीसंगै टोलीका कलाकारहरुलाई मानवसेवा आश्रमले सम्मान गरेको छ । साथै भवन निर्माणमा सहयोग गर्ने नवराज अर्याल, शंकर न्यौपाने, सानुकाजी लुइटेल, विजयसागर श्रेष्ठ, तुल्सीराम लामिछानेलगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा हेटौंडा स्कूल अफ म्यानेजमेण्टले भवन निर्माणका लागि दुईलाख रुपियाँ प्रदान गरेको थियो । हेटौंडा–९ स्थित लामसुरेमा करिब पाँच करोडको लागतमा आश्रमको ४० कोठे भवन निर्माण भईरहेको छ । सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन साँचो जीवन निर्माण अभियानद्वारा सञ्चालित मानवसेवा आश्रमले नेपाललाई नै सडक मानवमुक्त बनाउने उद्देश्यका साथ काम गरिरहेको छ ।