९५ किलो गाँजा सहित २ जना पक्राउ
हेटौंडा, ५ पुस/गोलभेडा राख्ने क्रेटको बीचमा राखेर वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा मकवानपुर प्रहरीले ९५ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।
मङ्गलबार बिहान करिब ४ बजेको समयमा मकवानपुरको मनहरीबाट गाँजा लोड गरी वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ९३२५ नम्बरको टूकलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१७ चुरियामाई स्थित रातोमाटे चेकपोष्ट नजिकैबाट पक्राउ गरेको हो । ट्रकमा रहेको क्रेटको बीचबाट लागूऔषध गाँजा ९५ दशमलव ४ केजी फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी उपरीक्षक बसन्त लामाले जानकारी दिए ।
प्रहरीले गाँजा सहित ट्रक चालक सर्लाही हरिवन–४ का २८ बर्षका महेश आले मगर र सोही स्थानका ३८ बर्षीय राजकिशोर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । ‘विशेष सुराकीको आधारमा हामीले रातोमाटे चेकपोष्टमा ट्रकको
निगरानी गरिराखेका थियौं’, प्रहरी उपरीक्षक लामाले भने, ‘चेकपोष्टमा प्रहरीलाई छलेर भाग्ने प्रयास भएपनि
प्रहरीले ट्रक र त्यसमा सवार दुईजनालाई नै नियन्त्रणमा लिएको छ ।’ मनहरी बजारबाट तरकारीको क्रेट लोड गरी क्रेटको बीचमा गाँजा ५ वटा पोका बनाई गाँजा ल्याएको पाइएको हो । उनीहरुलाई मंगलबारै जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान एवम् कारबाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी बामदेव गौतमले जानकारी दिए ।