Header Ads


देश चलाउन कला चाहिन्छ

मधुसुधन अधिकारी
संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता छ । अगाडि बढ्न सकिरहेको छैन । सत्तापक्ष यो संशोधनको प्रस्ताव अचुक अष्त्र देख्दछ । देश चलाउने तर प्रतिपक्ष दलहरु राष्ट्रलाई नै आघात पार्ने यी विद्येयक छलफलकै लागि अयोग्य छ त्यस कारण फिर्ता हुनुपर्दछ भन्दै संसद अवरोधमा छन् । सर्वसाधारण नेपाली जनता फेरी अलमलमा छन् ।यसको अर्थ राज्य संचालन गर्नेहरु आफ्नो क्षमताबाट आफ्नो अठोट योजनाबाट अगाडि बढ्न सकिरहेका छैनन ।
यदि त्यस्तो हुन्थ्यो भने जसको लागि गोठ बनायो उसको पुच्छर बाहिर भनेझँै दुइ–चार मधेसी नेताको मन बुझाउने निर्देशनानुसारको संशोधन प्रस्तावले मन बुझाउने अस्त्रको सट्टा उल्झदै गएको अवस्था नेपाली राजनीतिमा मौलाउँदै पो जाँदैछ ।
यस्तै अवस्थाको विकास हुँदै जाने हो भने राजेन्द्र महतो भन्दा बाहेकका दलहरु वर्तमान गठजोड सरकारका विरुद्ध आन्दोलनमा जाने उद्घोष गर्न के बेर ? किनभने संशोधन प्रस्ताव र त्यसको समर्थक र जसको नाममा संशोधन प्रस्ताव आएको हो उनीहरु नै निर्देशन मानौ कि विरुद्धमा आन्दोलनमा जाने भन्ने दोधारमा फगत प्रतिपक्षीय दलहरुलाई सत्तोसराफ गर्नमा मात्रै समय  खेर फाल्दै छन् । कुरा कति मात्रै हो भने –दुवै परिका समस्या दिशानिर्देक खुशी बनाउनु नै हो सरका वा मधेसी दलका नेताजीहरु ।
हाम्रो देश नेपालमा विभिन्न खालका दक्ष कलाकारहरु छन् गितसंगीत, नाच, नाटक, हास्यव्यङ्ग्य, यस्तै यस्तै तर
राजनैतिक र·मञ्चका कलाकारहरु भने देश चलाउने कलामा नकारात्मक दक्षता अथवा आन्दोलन, तोडफोड, असमझदारी, अस्थिरताका क्रियाकलाप हरु वडो दक्षताका सञ्चालन गरेपनि, सार्वजनिक सम्पत्ती मात्रै हैन नीजि सम्पत्तिमाथी झण्डा गाडेर कब्जा गर्न देखी व्यक्ति हत्या सम्मका कार्यमा कुशलता प्रस्तुत गरेता पनि यी कलाकारहरुले दजेश चलाउने, विकास निर्माण गर्ने समुन्नत कला भने शुन्य देखियो । यसको पछिल्लो उदाहरण नै संविधान संशोधन विधेयक हो ।
यदि वर्तमान प्रचण्ड सरकारमा देश चलाउने कला(योजना) भैदिएको भए संविधानको घोषणा गर्न एक ठाउँ भएका दलहरु सँग सरसल्लाह र आपसी छलफलबाट विधेयक दर्ता हुने थियो होला । एकले अर्कालाई भित्तामा पु¥याउने अकर्मण्यता प्रस्तुत गर्दा मुलुककै समस्या आइपरेको छ र यसको समाधान फेरिपनि बहस, छलफल र वार्ता नै हो । तर सरकारी वक्तव्यवाजी सुन्दा विधेयक फेक भए हुन्छ तर संसदमा कार्यान्वयन गरेरै छाडने मुढे र लिढे तर्कहरुका वक्तव्य आइरहेका छन् । यसबाट के स्पष्ट हुन्छ भने वर्तमान सरकार देश चलाउने भन्दा पनि संविधानको कार्यान्वयन भन्दापनि अस्थिरताको बीचमा सत्तामा टाँसिएर बस्ने मनसायमा देखिन्छ । आगामी ०७४ माघ ७ गते भित्र तीनैतहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने बाध्यकारी अवस्थालाई भन्दापनि गत दोस्रो संविधान सभाको निर्वाचनको पीडाबोधले होला निर्वाचन सुन्नै चाहिरहेको देखिदैन ।
निर्वाचन भन्ने वित्तिकै झस्कने अवस्था वर्तमान सरकारको नेतृत्व गरिरहेको दलको छ । तसर्थ नेपाली राजनीतिमा देश चलाउने कला कसैमा पनि देखिएन । रहर जागेको छ, महत्वकांक्षा बढेको छ, मन्त्री बन्ने सपना विपनामा परिणत भएका छन्, राष्ट्रका लागी भन्दा छिमेकी राष्ट्रका लागि बफादार भएका छन्, राष्ट्रका लागीभन्दा छिमेकी राष्ट्रका लागि बफदार बन्ने होड चलेको छ तर देश चलाउने दृढता, देशलाई सम्वृद्ध राष्ट्र बनाउने अठोट अनि दुरगामी महत्वका कार्यक्रमहरु सहित अगाडि बढ्ने कला वर्तमान सरकार, गठबन्धन दलहरु र तीनका नेताहरुमा पाइएन । देशप्रेम, राष्ट्र हाक्नसक्ने क्षमता अनि कुशल राजनीतिज्ञहरुको खडेरी सम्पूर्ण नेपालीहरुले महशुष गरेका छन् ।
शिक्षक हुन पढेको हुनुपर्दछ, संगीतकार हुन संगित साधक हुनुपर्दछ, राजनैता हुन राजनीति बुझेको, देशको समग्र अवस्थाको बारेमा चिन्तन गर्नसक्ने खुवि हुनुपर्दछ, पण्डित हुन शास्त्रको ज्ञाता हुनुपर्दछ त्यसैगरी देश चलाउन पनि दक्ष राजनीतिज्ञ, राजनैतिक दर्शको ज्ञाता, परिवर्तनकारी, विकास प्रेमी, देशभत्ता, जनप्रिय हुनुपर्दछ ।
तर वर्तमान सरकार सरकारका संचालकहरु बल्ल–बल्ल  प्राप्त सत्ता र सुविधा उपभोग मात्रै गर्ने उपयोग गर्न नजान्ने स्युलहरुको झुण्ड सावित हुदैछ । कमसे कम पूर्ववर्ति सरकारका जनपक्षिय कामहरुमात्रै अगाडि बढाइदिए यो वर्ष तराइका बीसहजार घरबास विहिन जनताले आवास पाउने थिए, दसकौदेखी धुलोमा घोविएर बसेका तराइका सदरमुकाम जोड्ने राजमार्ग बन्ने थिए, सर्वसाधारण किसानले सिचाइको सुविधा पाउने थिए त्यस्तै स्वास्थ्यको सुविधा पाउने थिए तर त्यतीपनि नगरेर एकोहोरो राजनैतिक पूर्वाग्रह मात्रै पालेर बनेको सरकार यथार्थमा शुन्य प्रगति अनगिन्ति अवनतिबाट ग्रसित देखिन्छ ।
देश चलाउन पनि कला चाहिन्छ फगत वितण्डा मात्रै मच्चाएर देश चल्दैन नेता ज्यू हरु हो, विवेक भया ।
Powered by Blogger.